२०८३ साउन ११ सोमबार

लमजुङ बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन सञ्चालनमा

ई आर्थिक    आइतबार, बैशाख १० २०७४
7.7K
Shares
लमजुङ बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन सञ्चालनमा

१० वैशाख, लमजुङ (बेँसीसहर)। सदरमुकाम बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो ।

मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापनको जिम्मा लिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा करिब रु ७० लाख बराबरको लगानीमा उक्त मेसिन खरिद गरी सञ्चालनमा ल्याएको अस्पतालका प्रशासक युवराज देवकोटाले बताउनुभयो ।

डिआर डिजिटल एक्स–रे मेसिनबाट हाडजोर्नी समस्या भएका बिरामीको शल्यक्रिया गर्दा १० सेकेन्डमा नै हाड तथा जोर्नीको शल्यक्रिया भएको स्थानमा मिलेको वा नमिलेकोबारे थाहा पाउन सकिने अस्पतालका मेडिकल निर्देशक डा प्रकाश साहुले बताउनुभयो ।

डिआर एक्स–रे मेसिनबाट अन्य एक्स–रे मेसिनको तुलनामा छ गुना कम हानिकारक किरण उत्पन्न हुने बताइएको छ । यो मेसिनबाट लिइएको एक्स–रे कम्प्युटरको माध्यमबाट जुम गरी स्पष्ट रुपमा समस्या पहिचान गर्न सकिने अस्पतालका सूचना अधिकृत शान्तिराम राईले बताउनुभयो ।

वाइफाई प्रविधिद्वारा एक्स–रे गर्न सकिने भएकाले समयको बचतसँगै काममा सहजता हुने उहाँले बताउनुभयो ।

डिआर एक्स–रे मेसिन सञ्चालनमा ल्याउने सामुदायिक अस्पताल जिल्लाको पहिलो अस्पताल हो भने नेपालको चौथो अस्पताल हो ।

उक्त मेसिन नेपाल सरकारले मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित लमजुङ जिल्ला सामुदायिक अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij