२०८३ साउन १० आइतबार

सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु

ई आर्थिक    मंगलबार, चैत्र २२ २०७३
5.4K
Shares
सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु

२२ चैत, बेरुत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले उनीहरु इडलिब प्रदेशको खान सेइखुनमा मारिएको जनाएको छ । ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ ।

बेलायत स्थीत अनुगमनकर्ताको समुहले घटनाको सम्पूर्ण विवरण भने पाउन नसकिएको बताएको छ । सो समुहले सूचना सङ्कलनका लागि सिरियामा आफ्नो संयन्त्र परिचालन गरेको छ ।

आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरु संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ । त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij