२०८३ साउन ९ शनिबार

राउटे तरकारीखेतीतर्फ आकर्षित

ई आर्थिक    बुधबार, चैत्र १६ २०७३
6.6K
Shares
राउटे तरकारीखेतीतर्फ आकर्षित

१६ चैत, डडेल्धुरा । परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् ।

जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आए पनि उत्पादित तरकारीले बजार तथा उचित मूल्य नपाएको राउटेका मुखिया खड्कसिंह राउटेले बताउनुभयो । आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेपछि यहाँका राउटे गोलभेँडा, काक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेका छन् ।

तरकारीबाट आम्दानी हुन थालेपछि उनीहरु खुसी भएका छन् । तरकारीखेतीबाट मासिक रु १० हजारसम्म आम्दानी हुन थालेको दानसिंह राउटेले बताउनुभयो । उहाँले बन्दागोभी, काउली, आलु र अन्य बेमौसमी तरकारी लगाउनु भएको छ ।

जिल्ला कृषि विकास कार्यालयय र विभिन्न गैरसरकारी सङ्घसंस्थाले प्राविधिक सहयोग उपलब्ध गराएपछि राउटे समुदाय आजभोलि तरकारी बिक्री गरेर घरखर्च चलाउन थालेको छ । उनीहरुले रकम समेत बचत गर्न थालेका छन् । आमपानीमा राउटेको ३५ घरपरिवारको बसोबास रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij