२०८३ साउन ९ शनिबार

असिना पानीबाट गहुँ, दलहन बाली उत्पादनमा कमी आउने

ई आर्थिक    सोमबार, चैत्र १४ २०७३
8.6K
Shares
असिना पानीबाट गहुँ, दलहन बाली उत्पादनमा कमी आउने

१४ चैत, कलैया । यही फागुन २७ गते, चैत ७ र १२ गते परेको असिना पानीबाट पु¥याएको क्षतिले उत्पादनमा करिब २५ प्रतिशतले कमी आउने कृषि विकास कार्यालयले जनाएको छ ।

यसवर्ष गहुँ २८ हजार ९०० हेक्टर, मकै चार हजार ६३५ हेक्टर र दलहन ११ हजार ७८० हेक्टर जमिनमा खेती गरिएको र गहुँ तथा दलहन बाली भित्र्याउने तयारी गरिरहेका किसान मारमा परेका हुन् ।

असिनाले पु¥याएको क्षतिका कारण गहुँ २५, दलहन २५ र मकै १५ प्रतिशतले उत्पादनमा कमी आउने कार्यालय प्रमुख शिवरत्न साहले बताउनुभयो ।

बालीको बिमा गरेका कृषकलाई बिमा कम्पनीले क्षतिपूर्ति दिने भएकाले बिमा नगरेका कृषक भने समस्यामा परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij