२०८३ साउन ९ शनिबार

रेमिट टु नेपालका प्रबन्ध निर्देशक श्रीचन्द्र भट्ट भन्नुहुन्छ– ‘विदेशबाट पैसा पठाउनेले अब रेमिट टु नेपालको सेवा खोज्छन्’

ई आर्थिक    सोमबार, चैत्र १४ २०७३
22.9K
Shares
रेमिट टु नेपालका प्रबन्ध निर्देशक श्रीचन्द्र भट्ट भन्नुहुन्छ–  ‘विदेशबाट पैसा पठाउनेले अब रेमिट टु नेपालको सेवा खोज्छन्’

नेपाली रेमिटान्स बजारमा सेवा प्रदान गर्न रेमिट टु नेपाल प्रा.लि. नामको अर्को एक कम्पनी स्थापना भएको छ । ललितपुरको पूल्चोकमा मूख्य कार्यलय रहेको उक्त कम्पनीले सेवाग्राहीहरुलाई छिटो, सहुलियत शुल्कमा र सुरक्षित ढंगबाट सेवा प्रदान गर्ने उद्देश्य लिएको छ । यस कम्पनी व्यवस्थापकीय नेतृत्व बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो समय व्यतित गरिसक्नुभएका श्रीचन्द्र भट्टले गरिरहनुभएको छ । कम्पनीका सेवा तथा विशेषताको वारेमा कुराकानी गर्दै प्रबन्ध निर्देशक भट्टले रेमिटान्सका क्षेत्रमा रेमिट टु नेपालको उपस्थितिले ग्राहकलाई थप फाइदा पुग्ने बताउनुहुन्छ । कम्पनीले आफ्ना ग्राहकलाई प्रतिस्पर्धी र सरल सेवा प्रदान गर्ने उहाँको प्रतिवद्धता थियो ।

रेमिट टु नेपाल रेमिटान्स कम्पनी खोल्ने सोच कसरी आयो ? रेमिटान्स कम्पनी खोल्नुको उद्देश्य बारेमा प्रकाश पारिदिनोसन् ?
हाम्रो देश ज्यादै अविकसित भएकोले यहाँ रोजगारीका अवसरहरु सिमित छन् । त्यसकारणले वैदेशिक रोजगारीमा जानेको संख्या दिन प्रतिदिन बढ्दैछ । विदेशको कमाई सरल तरिकाले सम्बन्धित ठाउँसम्म भरपर्दाे माध्यमबाट पु-याउने उद्देश्यले रेमिट्यान्स कम्पनी खोल्ने सोच आएको हो । विदेशबाट आउने रकम सजिलै घर आँगनसम्म पु-याउने हाम्रो जमर्कोे हो । स्वदेश विदेश दुबै ठाँउमा हुने आर्जित रकम के कसरी सही लगानी गर्ने भन्ने बारे जनचेतना दिने पनि हाम्रो उद्देश्य रहेको छ ।

रेमिट टु नेपालको सेवा तथा विशेषताहरु के कस्ता छन् ? अन्य रेमिटान्स कम्पनीहरु भन्दा रेमिट टु नेपालको केही फरक विशेषता पाउन सकिन्छ ?
विप्रेषण अर्थात रेमिट्यान्स भन्ने वित्तिकै सबैको कार्यक्षेत्र उस्तै भन्ने बुझिएता पनि, मैले माथि भने जस्तै सरल तरिकाले विप्रेषण भित्र्याउँदै सबैमा जनचेतना जगाउँदै लगानीको वातावरण, लगानी सुरक्षित गर्ने उपाय बारे र गरिबीबाट आँफै स्वावलम्बी कसरी बन्ने अर्थात स्वरोजगार कसरी निर्माण गर्ने भन्ने बारे रेमिट टु नेपालले जनचेतना जगाउने कार्य गर्नेछ । साथै शिक्षा, स्वास्थ्य जस्तो आधारभुत आवश्यकताको बारेमा समाजमा आफ्नो उत्तरदायित्व बहन गर्नेछ ।

रेमिट टु नेपालले देश विदेशमा सेवाको नेटवर्कलाई कसरी विस्तार गरिरहेको छ ? हालसम्म कति मुलुकबाट पठाएको पैसा कम्पनीका एजेन्ट तथा सब एजेन्टबाट प्राप्त गर्न सकिन्छ ?
स्थापनाको पहिलो बर्षमा नै हामीले खाडि मुलुकमा सेवा विस्तार गरी विप्रेषण भित्र्याउन थालेका छौं । यसै आर्थिक बर्ष भित्रै कम्तिमा १० मुलुकबाट नेपालमा विप्रषण आउने गरी हामी काम गर्दैछौं । हामीले विदेश या स्वदेश सबै कुनामा पुगी हाम्रो ग्राहक वर्गहरुलाई सेवा दिन पहल गरिराखेका छौं ।

नेपालमा सेवा प्राप्त गर्न सञ्जाललाई कसरी विस्तार गरिरहेको छ ? हालसम्म कति र कस्ता संस्थाहरुसँग संझौता सम्पन्न गरिसकेको छ ?
सेवालाई चुस्त दुरुस्त बनाउन हामी पूर्व मेचि देखि पश्चिम महाकालीसम्म पुगिसकेका छौं । सेवा सञ्जाल विस्तार गर्ने व्रmममा हामीसँग कमर्सियल बैक, विकास बैक, फाइनान्स कम्पनी लगायत २००० भन्दा माथि प्राइभेट एजेन्टहरु रहेका छन् । जसले गर्दा सेवाग्राहिलाई भुक्तानी लिन सजिलो हुनेछ ।

remit2nepal

रेमिट टु नेपालको व्यवस्थापन टिम कस्तो रहेको छ ? तपाई वित्तीय संस्थामा काम गरेको मान्छे यो क्षेत्रमा कति अनुभव रहेको छ ?
यस कम्पनीमा वित्तीय तथा रेमिटान्सको क्षेत्रमा लामो समयसम्म काम गरेर अनुभव प्राप्त गरेका व्यवस्थापन टिमले सेवा प्रदान गरिरहेको छ । रेमिट टु नेपाल दक्ष तथा अनुभवि जनशक्तिद्वारा आफ्ना ग्राहकहरुलाई उच्चस्तरिय तथा गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहको छ ।

धेरै रेमिटान्स कम्पनी स्थापना र स्थापित भइसके पछि तपाईहरु आउनुभएको छ । भविष्यमा सामाना गर्ने चुनौतिको कुनै अनुमान पनि गर्नु भएको छ ?
रेमिट टु नेपाल दक्ष तथा अनुभविहरुद्वारा संचालित कम्पनी हो । विप्रे्रषणको बजार बुझेको लामो अनुभव भएका व्यक्तिहरुले यो कम्पनीमा व्यवस्थापन गरिराखेका छौं । जसले भविष्यको कुनै पनि चुनौती तथा समस्या सजिलै बहन गर्ने क्षमता राख्दछौं । यस क्षेत्रको ठूलो चुनौती भनेको घट्दो विप्रेषण हो । यसैका लागि हामी परम्पारिक बजार भन्दा नयाँ बजार खोज्ने तिर उन्मुख छौं । त्यस्तै विप्रेषणको परम्पारिक तरिका भन्दा नयाँ प्रविधिको पनि परिक्षण गर्दैछौं ।

अहिले र भविष्यमा आइपर्ने चुनौतिहरुलाई चिर्न कम्पनीले के कस्ता योजना तथा रणनीतिहरु अख्तियार गर्छ ?
कहिले र कति कम्पनी स्थापित भए भन्दापनि हाम्रो मुल उद्देश्य भनेको सेवा संञ्जाललाई चुस्त पार्नु हो । हाम्रो उद्देश्य सेवादिनु मात्र होइन, लगानी मैत्रीवातावरण सिर्जनागर्नु पनि हो । प्रतिस्पर्र्धा धेरै छन् , सबैलाई थाहा भएको नै कुरा हो । हामीले बजार अध्ययन गरेर नै सेवा सुरु गरेका हौं । उचित एक्सचेन्ज रेट र सर्वसुलभ रकममा सेवाग्राहीलाई सेवा दिईनेछ । सीएफटी, एएमएल, केवाईसी, एलभीएमटी जस्तो बिषयलाई हामीले बिशेषरुपमा समावेश गरेका छौं । बजारमा आउनु कुनै नयाँ बिषय होइन बजारमा स्थापित भएर कसरी बस्ने भन्ने कुराको आकलन गरेर नै यो सेवा दिन आएका छौं ।

अहिलेसम्मको अवस्थामा आइपुग्दा कम्पनीबाट दैनिक कतिले पैसा पठाइरहेका छन् ? कतिलाई दैनिक कारोबारमा संलग्न गराउने लक्ष्य रहेको छ ?
आन्तरिक होस या बाह्य जुनसुकै क्षेत्रको विप्रेषण किन नहोस्, शुद्धता हुनु पर्दछ भन्ने मान्यता हाम्रो कम्पनीको रहेको छ । त्यसैले हामीले हाम्रो ग्राहक पहिचान फारम बनाएका छौं । अनलाइन भुक्तानी व्यवस्था बमोजिम हाम्रो सेवालाइ हामीले हाम्रो सफ्टवयरमा नै उल्लेख गरेका छौं ।

विभिन्न चाडपर्वहरुलाई लक्षित गरी अन्य रेमिटान्स कम्पनीहरुले विभिन्न किसिमका स्किमहरु ल्याउने गर्छन् । यो कम्पनीले पनि कुनै स्किमको सोच बनाउँछ, या बनाइसकेको छ ?
अवश्य हामी ल्याउछौ, हामी ब्यवसायमुखी मात्र होइनौ, हामी ग्राहकको मुहारमा खुशी पनि छर्न चाहन्छौ । त्यसैले ग्राहकमूखि धेरै योजना ल्याउने बिचार भैरहेको छ ।

Shree Chandra Bhatta2

कम्पनीले सेवा सुरु गरेको कति भयो ? हालसम्मको रेस्पोन्स कस्तो रहेको छ ?
हामीले सेवा शुरु गरेको ६ महिना हुंदैछ । सेवाग्राहीलाइ हामीले जुन सेवा दिइरहेका छौं । सो हिसाबले भन्दा हालको ग्राहकले गरेको रेस्पोन्स हामीले सोंचेको भन्दा धेरै राम्रो छ । हामीले आउने आर्थिक बर्षको अन्त्यसम्म कुल बजारको १० प्रतिसत हिस्सा ओगट्ने गरी काम गरिरहेका छौं ।

बार्षिक कति कारोबारको लक्ष्य लिनुभएको छ ? रेमिटान्स बजारमा तपाईहरुको बजार हिस्सा बारे कुनै अनुमान गर्नुभएको छ ?
विदेशीने कामदार को संख्या घटिरहेको भएता पनि हामी नयाँ भएकोले हामीलाई संख्याले खास कुनै असर गर्दैन । तर देशको आर्थिक र राजनीतिक अवस्था हेर्ने हो भने आउने १० बर्षसम्म देशबाट बाहिर काम गर्न जानेको संख्यामा उलेख्य कमि आउला जस्तो मलाई लाग्दैन । हालै एउटा रिपोर्टको अनुसार सन २०३० पछि यो नेपाल प्रौढहरुको देश हुन्छ भनेर भनेको छ । यो भनेकै सबै युवा बिदेशिने भनेको न हो । रेमिटान्सको हिसाबले राम्रो भएता पनि यो एउटा डरलाग्दो अवस्था हो । हामीले भरसक ग्राहकहरुलाई भरपर्दो, सरल र विश्वसनीय सेवा प्रदान गर्दै आफ्नो बजार हिस्सालाई क्रमशः बढाउदै लैजानेछौं ।

विदेशिने कामदारको संख्या घटिरहेको छ ? यसले रेमिटान्समा कस्तो असर पु-याउला ?
देशमा स्वरोजगार उपलब्ध हुनु हाम्रो लागी गौरबको कुरा हो । कोही हाम्रो दाजुभाई दिदी बहिनी बिदेशमा गएर सस्तोमा पसिना बगाउनु परेन । मलाई जहाँसम्म के लाग्छ भने रेमिटान्स घटेको होइन कि अवैधानिक बाटोबाट हुने कार्य बढी भएको हो । गत आ.ब.को तुलनामा १२ प्रतिशतले रेमिटान्स घट्दै ३ खर्ब ४२ अर्ब २३ करोड रुपैयाँ मात्र भित्रिएको तथ्यांक रहेको छ । यसरी घटिरहेको

रेमिटान्स बजारलाई उकास्न सरकारसँग तपाईहरुको अपेक्षा के रहेको छ ?
जो–जो ब्यक्ति आफनो देशबाट बाहिर केही आयआर्जन गर्न गएका छन । उनिहरुले हेर्ने भनेको एक्सचेन्ज रेट र सेवा शूल्क हो । सरकारले बिदेशबाट पैसा पठाउदा लाग्ने शूल्क ब्यहार्नु पर्छ, जसले गर्दा अवैधानिक बाटो निरुत्साहित हुने र फस्टाउन पाउदैन । यसतर्फ सरकारले ध्यान दिनु पर्छ । साथै बैदेशिक रोजगारलाई व्यवस्थित गर्दै हुण्डि कारोबारलाई निरुत्साहित गर्न सके यो बजार बढ्नका साथै व्यवस्थित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij