२०८३ साउन ९ शनिबार

कलैयामा एक अर्ब ५८ करोडको आलु उत्पादन

ई आर्थिक    शुक्रबार, चैत्र ११ २०७३
8.8K
Shares
कलैयामा एक अर्ब ५८ करोडको आलु उत्पादन

कलैया, ११ चैत । बारामा यसवर्ष रु एक अर्ब ५८ करोड ५१ लाख २५ हजार बराबरको आलु उत्पादन भएको छ ।

यसवर्ष सी ४० र खुमलटार रातो जातको आलु सात हजार ४५ हेक्टर जग्गामा खेती गरी प्रतिहेक्टर १५ मेटिक टनका दरले एक लाख पाँच हजार ६७५ मेटिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले जानकारी दिनुभयो ।

जिल्लाको अमृतगन्ज, गोलागन्ज, हरिहरपुर, देवापुर, उचिडिह, भगवानपुर, भटिअर्वा, पिपरपानी, बरियारपुर गाविस आलुखेतीको पकेट क्षेत्र मानिन्छ । हाल कलैया बजारमा व्यापारीले आलु प्रतिकिलो रु १५ मा बिक्री गरिरहेका छन् ।

गत वर्ष विभिन्न जातको आलु सात हजार ४० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १५ मेट्रिक टनका दरले एक लाख पाँच हजार ६०० मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij