२०८३ साउन ९ शनिबार

जिल्ला समन्वय समिति र नगरपालिकामा तालाबन्दी

ई आर्थिक    शुक्रबार, चैत्र ११ २०७३
5.2K
Shares
जिल्ला समन्वय समिति र नगरपालिकामा तालाबन्दी

११ चैत, गौशाला । सरकारले गरेको नयाँ स्थानीय पुनःसंरचनाको विरोध गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

आज दिउँसो करिब ११ बजे जिल्ला समन्वय समिति र जलेश्वर नगरपालिकाको कार्यालयमा पुगेका मोर्चाका नेता तथा कार्यकर्ताले त्यहाँ कार्यरत कर्मचारीलाई बाहिर निकालेर कार्यालयका मूलढोकामा तालाबन्दी गरेका छन् ।

जिल्ला समन्वय समितिको ठाउँमा जिल्ला विकास समिति लेखिनुपर्ने तथा जिविस र नगरपालिकाबाट सरकारले पुनःनिर्माण गरेको स्थानीय निकायको संरचना अनुसार कुनै पनि काम हुने नदिने भन्दै जिविस महोत्तरी र जलेश्वर नगरपालिकामा तालाबन्दी गरिएको मोर्चाका संयोजक रामनरेश रायले बताउनुभयो ।

तालाबन्दीका कारण जिविस महोत्तरी र जलेश्वर नगरपालिकाका कामकाज पूर्ण रुपमा ठप्प भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij