२०८३ साउन ९ शनिबार

‘३० वर्षमा नेपाल इन्भेन्टमेन्ट बैंक नेपालकै ‘नम्बर वान’ बाणिज्य बैंक बन्न सफल भयो’- अध्यक्ष, पृथ्वीबहादुर पाण्डे (अन्तर्वार्ता)

ई आर्थिक    बुधबार, चैत्र २ २०७३
10.5K
Shares
‘३० वर्षमा नेपाल इन्भेन्टमेन्ट बैंक नेपालकै ‘नम्बर वान’ बाणिज्य बैंक बन्न सफल भयो’- अध्यक्ष, पृथ्वीबहादुर पाण्डे (अन्तर्वार्ता)

१ चैत, काठमाडौँ । सन् १९८६ मा स्थापना भएको नेपाल इनभेष्टमेण्ट बैंक ३० औ वर्षमा प्रबेश गरेको छ । तीन दशकसम्म आइपुग्दा बैंकले नेपालको बैंकिङ क्षेत्रमा एउटा छलाङ नै मार्न सफल भएको छ । बैंकको व्यवस्थापकीय सक्षमताको कारणले यस अवधिसम्म आइपुग्दा उत्कृष्ट नतिजाहरु हात पार्न सफल भएको छ । इन्भेष्टमेन्ट बैंक नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पु-याउने नेपालको पहिलो बाणिज्य बैंक, पाँच–पाँच पटक अन्तर्राष्ट्रियस्तरको पुरस्कार बैंक अफ दि इएरबाट सम्मानित हुने लगायत बैंकमा उदाहरणीय यस्ता धेरै उपलब्धिहरु रहेका छन । ३० बर्षको दौरानमा बैंक मुलुककै एउटा सबल र सक्षम बाणिज्य बैंकमा दर्ज भइसकेको छ । बैंकको हरेक पक्षमा मजबुत रहेको छ । बैंकको तीन दशकको यात्रा र बैंकिङ क्षेत्रको वर्तमान अवस्थाको वारेमा गरिएको कुराकानीमा उहाँले बैंकको यो अबधी उपलब्धिमुलक भएको बताउनुभयो ।

३० बर्षसम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको प्रगतिको मूल्यांकन कसरी गर्नुहुन्छ ?
३० बर्षसम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंक मुलुककै एउटा सबल र सक्षम बाणिज्य बैंक बन्न सफल भएको छ । हामी हरेक पक्षमा मजबुत छौं । अझ् भन्नुपर्दा बैंक धेरै पक्षमा नेपालको नम्बर वान बैंक बन्न सफल भएको छ । यस अवधिसम्म आइपुग्दा बैंक नेपालकै सबैभन्दा पहिला राष्ट्र बैंकले तोकेको पूँजी पु¥याउने पहिलो बैंक भएको छ । त्यसैगरी पाँच–पाँच पटक अन्तर्राष्ट्रियस्तरको पुरस्कार बैंक अफ दि एयरबाट सम्मानित हुने सौभाग्य नेपालका बाणिज्य बैंकहरु मध्ये यसै बैंकले मात्र पाएको छ । इक्राबाट समेत बैंकले ‘क’ बर्गको मान्यता प्राप्त गरिरहेको छ ।
इन्भेष्टमेन्ट बैंक नेपालकै सबैभन्दा ठूलो बैंक हो । बैंकको व्यवस्थापन त्यतिकै मजबुत छ । हामीले जस्तोसुकै अवस्था र चुनौतिलाई पनि सहजै पार लगाउन सक्ने क्षमता हामीमा छ । बैंकले एफपीओ जारी ग¥यौं । यसले बैंकको अवस्थालाई झनै मजबुद बनाएको छ । अहिले ५÷६ अर्ब रुपैयाँ फेल खाँदा पनि बैंकलाई त्यति असर नपर्ने अवस्थामा बैंकलाई पु¥यायौं । अहिले साना तिना समस्याले बैंकलाई छुदैन । हरेक पक्षबाट बैंकलाई फाइदा पु¥याउन सफल भएका छौं । बैंकलाई फाइदा हुनु भनेको सेयरधनीलाई फाइदा हुनु हो । बैंकको हरेक फाइदा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सेयरधनीलाई भएको छ ।
त्यसैगरी नाफा, लगानीकर्तालाई दिइरहेको मुनाफा, सेवा प्राप्त गर्नेहरुको संख्या जस्ता कुराहरुलाई हेर्दा यो बैंक नेपालको बाणिज्य बैंकहरुमा अग्रणी बैंक हो । यसरी हेर्दा समग्रमा बैंकको प्रगति सन्तोषजनक र उत्साहजनक हाम्रो अनुभव र अनुभुति रहेको छ ।

बैंकको समग्र तथ्यांक कस्तो रहेको छ ?
यस अवधिसम्म आइपुग्दा बैंकले ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्न सफल भएको छ । त्यस्तै ४७ वटा शाखाहरु, दुईवटा एक्सटेन्सन काउण्टर, ८४ वटा एटीएम मेशिन, ४२ वटा शाखा रहित सञ्जाल पु¥याएको छ । गत आ.ब. २०७२÷०७३ मा ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको बैंकको खुद नाफा २ अर्ब ५५ करोड रुपैयाँ थियो । अघिल्लो आ.ब.को तुलनामा यो ३२.६ र ३० प्रतिशतले बृद्धि हो । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ५८ करोड खुद नाफा गर्न सफल भयो । बैंकको दोस्रो त्रैमासिक अबधिमा चुक्ता पूँजी ८ अर्ब ७१ करोड छ भने सेयरधनी कोष १८ अर्ब रुपैयाँभन्दा बढी छ । बैंकको पूँजी पर्याप्तता अनुपात १४ दशमल २८ प्रतिशत छ भने निष्क्रिय कर्जालाई शून्य दशमलब ७० प्रतिशतमा सीमित पारेको छ ।

बैंकको कुन क्षेत्रमा बढी लगानी गरेको छ ? असूलीको अवस्था कस्तो छ ?
हामीले जोखिमरहित क्षेत्रमा नै लगानी गर्ने गरेका छौं । लगानी गर्दा मूख्य कुरा लगानीको क्षेत्र, परियोजनाको अवस्था, व्यवसायको प्रकृति, प्रबद्र्धकको क्षमता, व्यवसायिकता सबै कुरालाई हेर्ने गर्छौं । त्यसरी नै बैंकले हालसम्म व्यापार व्यवसायमा नै बढी लगानी गरेको छ । बैंकले लगानी गर्दा कम्तीमा पनि एक वर्षको लागि लगानी गर्नुपर्छ । हामीले सोही अनुसार लगानी गरेका छौं । लगानीका क्षेत्रमा वाणिज्य बैंकहरु जानुपर्छ । जलविद्युत्त क्षेत्रमा पनि लगानी बढेको छैन । अपरेशनमा आएपछि जलविद्युत्तमा लगानी जोखिम हुँदैन । जहाँसम्म इन्भेष्टमेन्ट बैंकको सबै लगानी सुरक्षित छ । त्यही भएर हाम्रो निष्क्रिय कर्जा एकदमै न्यून छ ।

Nepal-Investmentbank

नेपालको समग्र बैकिङ क्षेत्रको अवस्था कस्तो पाउनु हुन्छ ?
नेपालमा बैंक तथा वित्तीय क्षेत्रको संख्यालाई हेर्ने हो भने चाहिने भन्दा धेरै छन् । केही मर्ज भए, केही प्रक्रियामा रहेका र केही मर्ज हुने तयारीमा रहेका छन् । हालको बैंकिङ क्षेत्रलाई कम गर्दै संख्यात्मकबाट गुणात्मकतर्फ लैजानु आवश्यक छ । यसका लागि भन्दै नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बढाउनु पर्ने निर्देशन पनि जारी ग¥यो । राष्ट्र बैंकको पुँजी वृद्धि पालनाको प्रयास वित्तीय क्षेत्रबाट भइरहेको छ । बैंकहरुले पुँजी वृद्धि पनि गरिरहेका छन । तै पनि संख्याको हिसाबमा खासै कमी आउन सकेको देखिदैन । ३२ वटा वाणिज्य बैंकबाट हाल आएर २८ वटामा आइपुगेको छ । विकास बैंकहरुको सवालमा उस्तै अवस्था देखिन्छ । राष्ट्र बैंक १५÷१६ बैंक बनाउने योजनामा थियो । १५÷१६ बैंक पनि नेपालको सन्दर्भमा धेरै हो । प्रत्येक जिल्लामा प्रत्येक बैंकको शाखा होस भन्ने पक्षमा नेपाल राष्ट्र बैंक थियो । यस अर्थमा राष्ट्र बैंक सफल देखिएन । बैंकहरुको चुक्ता पुँजी अझै ठूलो हुनुपर्छ र अझै बढाउनु पर्ने आवश्यकता पनि रहेको छ । राष्ट्र बैंकले पुँजी र रिजर्व दुबैलाई हेर्नुपर्नु पर्छ । तर पनि त्यस तर्फ राष्ट्र बैंकको ध्यान गएको देखिदैन । दुबै बढाएर १०÷१२ अर्ब बढाएको भएपनि केही फरक पर्दैन थियो । यसरी हेर्दा नेपालको बैंकिङ क्षेत्र पूँजी, प्रविधि र गुणात्मक विकासमा नयाँ–नयाँ परिक्षणमा दौडिरहेको छ ।

लगानीका लागि पुँजीको अभाव हुनुको कारण के हो ?
लगानीका लागि अहिले पूँजी समस्या चुनौति बनिरहेको छ । यसको खास कारण चुक्ता पुँजी वृद्धि नै हो । यो क्षेले जुन अवस्थामा रिर्टन र इक्युटी बढाउनु पर्ने हो त्यो पनि बढेको देखिदैन । त्यसैगरी लगानी बढ्यो तर लगानी अनुसार निक्षेप बढ्न सकेन । त्यसैले पनि अहिले समस्या देखिएको हो । ‘कोर क्यापिटल’ र निक्षेपको तुलनामा कर्जा अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत पु¥याउनु हुँदैन । २÷३ प्रतिशत कम नै राख्नुपर्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेपको तुलनामा कर्ज अनुपात (सीसीडी) कसरी व्यवस्थापन गरिरहेको छ ?
नेपाल इन्भेष्टमेन्ट बैंकले हरेक चुनौतिका हरेक पार्टमा सावधानी अपनाएर गर्ने गरेको छ । हामीले निक्षेपको तुलनामा कर्जाको अनुपात (सीसीडी) ७८ प्रतिशत नघाएको छैन । सीसीडीको समस्या नेपालमा पहिलो पटक आएको होइन । लगानी कुन क्षेत्रमा गयो त्यो हेर्नुपर्छ । सेयर मार्केट, मार्जिन ल्याडिङ, रियल स्टेटमा गयो कि भनेर हेर्नुपर्छ । मेरो विचारमा रियल स्टेटमा धेरै लगानी भएको छ । मिक्स म्याच भएको जस्तो लाग्छ । वाणिज्य बैंकहरुको लगानी लामो अवधिको लागि गएको छ । उत्पादन मुलक क्षेत्रमा जानु पर्ने बाध्यता पनि छ । लामो समय अवधिको लागि लगानी गर्ने संस्थाहरु भएन । एनआईडिसी डेभलपमेन्ट बैंक छ । त्यो पनि राष्ट्रिय बाणिज्य बैंकसँग मर्ज हुने क्रममा छ । यो संस्थालाई बलियो बनाएर जहाँ फोकस गर्नुपर्ने थियो, त्यो पनि हुन सकेन । यसरी हेर्दा ५÷७ वर्ष लगानी गर्न वाणिज्य बैंकहरुलाई पर्याप्त पुँजी नै छैन ।

तपाईले नेपालको बैकिङ क्षेत्रको भविष्यको अन्यौल छ भन्न खोज्नु भएको हो ?
नेपालका बैंकिङ क्षेत्रको भविष्य अन्यौल छ भन्न खोजेको त होइन् । सही व्यवस्थापन र समय अनुसार चल्न सक्नु पर्दछ भन्न खोजेको हो । बैंक वित्तीय संस्थाहरुको भविष्य व्यवस्थापनमा पनि भर पर्छ । मूख्य कुरा बैंक वित्तीय संस्थाहरु ब्यालेन्समा हुनुपर्छ । केन्द्रीय बैंकले पनि बैंक आउन रोक्नु हुन्न र बढ्न पनि दिनु भएन । अहिले त्यसो छैन । बैंकहरु आउनबाट रोकिएको छ । एक समय लाइसेन्स फालाफाल पनि भयो । पछि सम्म हेर्नुपर्दथ्यो । पुँजी बढाएर मात्र हुँदैन रहेछ । मर्ज गर्नुपर्छ । मर्ज गर्दा केही सहुलियत दिन्छौं भन्नु पर्ने रहेछ । राष्ट्र बैंकले मर्ज गरेर आउनुपर्ने नियम बनाउनु पर्दथ्यो । यो राम्रो नीति हुन्छ । पुँजी बढाएर मात्र बैंकको संख्यामा कमी हुँदैन । जसरी भएपनि पुँजी बैंकले वृद्धि गर्न सक्छन् । पुँजी कति बढाउने भन्ने कुरा हो । धेरै बढाए प्रतिफल कसरी दिने भन्ने कुरा हो । एफपिओबाट गएको भए रिटर्नको प्रेसर हुदैन । तर हकप्रदबाट जाँदा रिटर्नको प्रेसर हुन्छ । लगानी बढी भयो । निक्षेप मिस म्याच हुनुको कारण यही हो ।

NIBL-LOGO1

बैकिङ क्षेत्रमा हाल देखिएको समस्यालाई तपाईले कुन रुपमा हेर्नु भएको छ ? यो समस्या कहिले सम्म रहन सक्ला ?
बैंकिङ क्षेत्रमा देखिएको अहिलेको समस्या भने समस्या भनेको व्यवस्थापकीय असक्षमताको कारण पनि हो । यो कारण लगानी र निक्षेप अनुपातको पनि सम्बन्धित छ । लगानी र निक्षेपको सहि व्यवस्थापन भए तरलताको खासै अभाव हुदैन । त्यसैगरी तरलता अभावमा मुलुकको राजनीतिक र आर्थिक अबस्था पनि कारण कारण बन्ने गरेका छन् । लगानीलाई संस्थागत रुपमा लैजानुपर्छ । यसले गर्दा लगानी सुरक्षित हुन्छ र उसले चाहेको समयमा लगानी गर्न सक्छ । इन्फ्लेक्सन रेट ८ प्रतिशत छ भने डिपोजिट पनि त्यहि हाराहारीमा हुनुपर्छ । १÷२ प्रतिशत बढी भएपनि ४ प्रतिशत बढी हुनु भएन । सरकारी निकायले पनि मौकाको फाइदा भन्दा पनि देशको आर्थिक अवस्था पनि हेर्नुपर्छ । न्युन हुँदा सबैजना चुपचाप बसे । यहाँ बैंकहरुले मात्र पैसा कमाए भन्ने छ । विगतमा १३÷१४ प्रतिशतसम्म पनि मुद्दती निक्षेपका ब्याज थियो । लगानी १८ प्रतिशतसम्म पुगेको थियो । त्यो समयमा पनि विजनेश गरेकै हो । सबै कुरा व्यालेन्समा राख्नुपर्छ । यस्ता कुराहरुमा राष्ट्र बैंक, अर्थ मन्त्रालयको पनि भूमिका हुनु पर्दछ । सम्बन्धित सबै निकायले चासो राखे यस्ता चुनौतिलाई सामान्य बनाउन सकिन्छ ।

विकास बैंक र फाइनान्स कम्पनीहरूको तुलनामा वाणिज्य बैंकहरु मर्ज भएनन् किन होला ?
विकास बैंकहरुको अहिलेको अवस्था हेर्दा विकास बैंकहरु मर्जमा केही अगाडि देखिएका छन् । साना–साना वित्तीय संस्थालाई केही वाणिज्य बैंकले खरिद गरे । विकास बैंकहरु मर्ज भएर राम्रो भएको छ । वाणिज्य बैंकहरु पनि मर्ज हुनुपर्ने हो । तर सोचे अनुसार मर्ज भएका छैनन् । राष्ट्र बैंकले संख्या घटाउन पुँजी बढाए पनि सफल बाणिज्य बैंकको हकमा सफल हुन सकेन । जति बढी पुँजी आयो त्यति नै रिटर्न कम हुन्छ । संख्या घटाउन राष्ट्र बैंकको लजिक ठीक हो । बाणिज्य बैंकहरुले सबैले हकप्रद जारी गरेर पुँजी बढाए । यो प्रक्रिया अझै जारी रहेको छ । यो बैंकको लागि त्यत्ति हितकारी होला जस्तो छैन ।
बैंकहरुले मुद्दती निक्षेपमा धेरै ब्याजदर बढाए । तर बचत खातामा चाँही ब्याजदर उस्तै दयनिय छ नि !
बचत र मुद्दती निक्षेपमा ब्याजदरको अनुपात सामान्यतया यस्तै नै हुन्छ । हामीकहाँ पनि पहिला देखि नै त्यही प्राक्टिस भएको हो । खासमा बचत खातामा खासै धेरै ठूलो रकम हुँदैन । अलि बढी पैसा हुन लाग्यो भने फिक्स डिपोजिटमा लगेर राखिहाल्छन् । जस्तो की युवासंग फिक्स डिपोजिट गर्ने रकम त्यत्ति हुँदैन । बचत खातामा व्याजदर बढायो भने पनि एउटा न एउटामा त समस्या देखि हाल्छ नि !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij