२०८३ साउन ९ शनिबार

होलीको हर्षोल्लास वसन्तपुरमा

ई आर्थिक    आइतबार, फाल्गुन २९ २०७३
4.8K
Shares
होलीको हर्षोल्लास वसन्तपुरमा

२९ फागुन, काठमाडौँ । ऐतिहासिकस्थल वसन्तपुर दरबार क्षेत्रमा अहिले हजारौँ नेपाली एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटेर हर्षोल्लासपूर्वक फागु मनाउँदैछन् ।

विभिन्न भाग भङ्गीमा अबिरले पोतिएका नारी पुरुष, बालक, वृद्धा कोही छुटेका छैनन् आफ्ना सुरिला गीत गुनगुनाउन । परम्परागत पोसाक होइन ‘ह्याप्पी होली’ लेखिएका श्वतेवस्त्रधारीको चहलपहल नयाँसडकदेखि नै लर्को लागेको छ ।

‘ह्याप्पी होली टि सर्ट’ ले बजार तताएको प्रमाण भद्रकालीबाट वसन्तपुर हिँडेका ‘टिनएजर’ हेर्दा देखिन्थ्यो । रातोभन्दा कालो पोतिएर बिरुप भएकाहरुको होली अर्कै छ ।

‘खोई त मलाई झुम्के बुलाकी …’ समूहमा गाउँदै हिँडेका किशोरीदेखि नाम चलेका नेपाली समाजका संस्कृतिप्रेमी कलाकारका विविध प्रस्तुतिले वसन्तपुर क्षेत्रलाई होलीमय बनाएको छ । पर्यटक, फोटो पत्रकार, सर्वसाधारणको गन्तव्य बनेका वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र उल्लासमय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij