२०८३ असोज ४ आइतबार

चमेलिया जलविधुत अायाेजनाको सुरुङ सकियो

ई आर्थिक    आइतबार, फाल्गुन २२ २०७३
7.8K
Shares
चमेलिया जलविधुत अायाेजनाको सुरुङ सकियो

काठमाडौँ, २१ फागुन । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ ।

प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर लामो सुरुङ र खन्न बाँकी २३२ मिटरसहित सुरुङ निर्माणको सम्पूर्ण काम आज पूरा भएको ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राससलाई बताउनुभयो ।

नेपाली इन्जिनियरहरुले आयोजनाको उक्त जटिल काम सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली इन्जिनियरहरु नेपाली समाजका लागि गौरवयोग्य भएको बताउनुभयो ।

यसैवर्ष परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुतगतिमा भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

आयोजनाको १३२ किलोभोल्टको १३१ किलोमिटर प्रसारण लाइन बनिसकेको छ भने ४०० भन्दा बढी टावर पनि खडा भइसकेका छन् ।

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको काममा ढिलासुस्ती नगर्न र निर्धारित समयमा बिजुली उत्पादन गर्न निर्देशन दिएपछि आयोजनाले यो प्रगति हासिल गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij