२०८३ असोज ४ आइतबार

भोटेकोशी बाढीमा ज्यान गुमाएका १ हजार ४३४ जनाको शव फेला, चार हजार ६५५ जना बेपत्ता

ई आर्थिक    आइतबार, असोज ४ २०८३
95
Shares
भोटेकोशी बाढीमा ज्यान गुमाएका १ हजार ४३४ जनाको शव फेला, चार हजार ६५५ जना बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ४३४ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार फेला परेका शवको पहिचानका लागि मृतक र आफन्तबाट डिएनए नमूना सङ्कलन गरिएको छ । हालसम्म मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

फेला परेका शवमध्ये हालसम्म एक हजार २९२ शवको व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेका एक हजार ३६२ शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी कार्य जारी छ । उद्धार तथा खोजी कार्यलाई प्रभावित क्षेत्रका विभिन्न स्थानमा निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij