२०८३ साउन ९ शनिबार

प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला हुँदै

ई आर्थिक    बिहिबार, फाल्गुन १९ २०७३
2.4K
Shares
प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला हुँदै

१९ फागुन, काठमाडौँ । पुष्प तथा आलङ्काकी बोट बिरुवाको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाञ्चलका सुनसरी, मोरङ र झापा जिल्लामामा प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला २०७३ गरिने भएको छ ।

पुष्पको व्यवसाय प्रवद्र्धन गर्न यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गरिने मेलाको नारा ‘घर आँगन होस् या नदी किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाऔँ पूर्वाञ्चल हराभरा’ रहेको आयोजक संस्था फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ ।

एसोसिएसनले पुष्प व्यवसाय प्रवद्र्धनका लागि समय अनुकूल व्यावसायिकतातर्फ उन्मुख गर्न पुष्प तथा आलङ्काकी बोट बिरुवाको विकास, विस्तार, पहिचान एवम् गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनका लागि मेला देशका विभिन्न भागमा यस किसिमका मेला आयोजना गर्दै आएको छ ।

मेलामा १० हजारभन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १० लाखको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij