२०८३ साउन ९ शनिबार

नेपालमा चुनाव घोषणा हुँदा चीन खुसी

ई आर्थिक    बुधबार, फाल्गुन ११ २०७३
3.6K
Shares
नेपालमा चुनाव घोषणा हुँदा चीन खुसी

११ फागुन, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत यू होङले स्थानीय निर्वाचन मिति घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युत्लगायत क्षेत्रको विकासमा सघाउन चीन तयार रहेको बताएकी छन् ।

राजदूत होङले बूढानीलकण्ठस्थित देउवानिवासमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार गरेको शिष्टाचार भेटमा निर्वाचन मिति घोषणामा चीनको प्रसन्नता व्यक्त गरेकी हुन् । भेट नेपाल–चीन आपसी सहयोग र सद्भावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा केन्द्रित थियो ।

भेटमा देउवाले आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण पक्ष भएकाले स्थानीय निर्वाचन गरिनु अपरिहार्य रहेको र संविधान संशोधन प्रस्ताव संसद्बाट पारित हुने र यसले तराईकेन्द्रित दलको भावनासमेत सम्बोधन हुने विश्वास चिनियाँ राजदूतलाई दिलाए ।

देउवाले नेपालको विकासमा छिमेकी मुलुक चीनको ठूलो सहयोग आवश्यक रहेको धारणा राजदूत होङसमक्ष व्यक्त गरेका थिए । ‘नेपालको विकासमा चीन र चिनियाँ जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको सभापति देउवाले हार्दिक सराहना गर्नुभएको थियो’, नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।-अन्नपूर्ण पोस्ट दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij