२०८३ भाद्र ३० मंगलबार

सुन्तला जोनका रुपमा स्याङ्जालाई विकास गरिने

ई आर्थिक    आइतबार, फाल्गुन १ २०७३
9.9K
Shares
सुन्तला जोनका रुपमा स्याङ्जालाई विकास गरिने

१ फागुन, वालिङ । स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको हो ।

कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो ।

“स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भन्नुभयो, “पहिलो चरणमा पुतलीबजार, भीरकोट नगरपालिका, एलादी, अर्जुनचौपारी र ठूलाडिही गाविसमा कार्यक्रम सञ्चालन हुनेछ भने बाँकी ठाउँमा दोस्रो चरणमा कार्यक्रम लैजाने छौँ ।”

नेपाल सरकार र चीन सरकारबीच २०७० सालमा स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार निर्यात गर्ने सम्झौताअनुसार काम अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

दशवर्षको अवधिमा यहाँ उत्पादित सुन्तलालाई अझै गुणस्तरीय बनाउने, ग्रेडिङ गर्ने, प्याकेजिङ तथा भण्डारको व्यवस्था मिलाउने, कृषकलाई थप व्यावसायिक बनाउन तालिम दिने र उत्पादित सुन्तलालाई बजारीकरणको व्यवस्था मिलाइने कार्यालय प्रमुख हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij