२०८३ साउन ११ सोमबार

उपकरण खरिदकालागी स्वास्थ्य मन्त्रालयले छुट्टायो ९६ करोड, ४ महिनाभित्रै सबै स्वास्थ्य संस्थामा उपकरण पुग्ने

ई आर्थिक    बिहिबार, माघ २७ २०७३
5.5K
Shares
उपकरण खरिदकालागी स्वास्थ्य मन्त्रालयले छुट्टायो ९६ करोड, ४ महिनाभित्रै सबै स्वास्थ्य संस्थामा उपकरण पुग्ने

२७ माघ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ ।

सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन अहिले रु ९६ करोड उपकरण खरिदका लागि छुट्याइएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए ।

उनले यसअघि नै सबै २०१ प्राथमिक स्वास्थ्य केन्द्रको भवन, चिकित्सक, औषधि र उपकरणको अवस्था अध्ययन गर्न निर्देशन दिएका थिए । सोही अध्ययनका आधारमा सबै स्वास्थ्य केन्द्रमा विभिन्न उपकरण आवश्यक देखिएपछि मन्त्रालयले उपकरण खरिद गरी प्रदान गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij