२०८३ भाद्र २७ शनिबार

पाटाको मानव संसाधन विकास तालिम

ई आर्थिक    सोमबार, माघ १७ २०७३
7K
Shares
पाटाको मानव संसाधन विकास तालिम

१७ माघ, काठमाडौँ । पर्यटन क्षेत्रमा जनशक्तिको सीप तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मानव संसाधन विकाससम्बन्धी तालिम आयोजना गरेको छ ।

पाटाले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोगमा आजदेखि काठमाडौँमा ‘स्मार्ट प्राक्टिसेस इन रेस्टुरेन्ट विजनेस’ शीर्षकमा दुईदिने प्रशिक्षण आयोजना गरेको हो ।

तालिममा विशेष प्रशिक्षणका रुपमा हङ्कङ पोलिटेक्निक युनिभर्सिटीका प्रोफेसर डा मुरे म्याकन्सी र ¥यान स्मिथको प्रस्तुती रहने छ । होटेल, रेस्टुरेन्ट, एयरलाइन्स तथा होटेल म्यानेजमेन्ट कलेजका करिब १९० जना तालिममा सहभागी छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मानव संसाधन सीप विकास र सेवा सुÞदृढीकरण नेपाली पर्यटन क्षेत्रमा आवश्यक भएको बताउनुभयो ।

प्रशिक्षकहरुले रेस्टुरेन्ट तथा क्याटरिङ विजनेसमा नवीनतम तथा सफल अभ्यासअन्तर्गत स्ट्राटेजिक मेनु डिजाइन, रेस्टुरेन्ट टेक्नोलोजी, वाइन सेलिङ एन्ड मार्केटिङ, फुड एन्ड वाइन पेरिङ, वाइन टेस्टिङ जस्ता विषयमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेशसिंह बडालले जानकारी दिनुभयो ।

यसैगरी आगामी फेब्रुअरी २ मा रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल–पोखरासँगको सहकार्यमा पोखरामा समेत एकदिने तालिम आयोजना गरिने उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij