२०८३ असोज २ शुक्रबार

प्राधिकरणका तीन सञ्चालकलाई नहटाउने आदेशसँगै देशभर विद्युत आपूर्तिमा समस्या

ई आर्थिक    बिहिबार, पौस १४ २०७३
8.7K
Shares
प्राधिकरणका तीन सञ्चालकलाई नहटाउने आदेशसँगै देशभर विद्युत आपूर्तिमा समस्या

tin-sanchalak-bidyut-pradhikarn

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै देशभर विद्युत आपूर्तिमा समस्या भएको छ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ प्रबन्ध निर्देशक बनेर आएपछि विगत दुई महिना अघिदेखि काठमाडौं उपत्यका लोडसेडि मुक्त भएको थियो ।
स्युचाटार सवस्टेशनको कारण देशभर बिजुली आपूर्तिमा समस्या भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरण नो लाइट शाखाका अनुसार आज विहानैदेखि अहिले देशभर विद्युत आउने जाने भइरहेको छ ।
देशलाई लोडसेडिङ मुक्त बनाउने प्रबन्ध निर्देशक घिसिङको योजनालाई असफल बनाउने ती तीन सञ्चालकलाई अदालतले नहटाउनु भन्ने आदेश दिएसँगै भएको विद्युत आपूर्ति समस्यालाई अहिले सर्वसाधारणले समेत शंकाको दृष्टिले हेर्न थालेका छन् । एक सर्बसाधारण दिनेश उप्रेती भन्छन् ‘यो संयोग होइन् ।’ उनको बुझाईमा यो नियोजित खेल हो र प्राधिकरणका लागि यो अशुभ पनि हो ।
अर्का सर्वसाधारण जनक शर्माले प्राधिकरणमा घिसिङलाई असफल बनाउने योजनाअनुरुप अदालतको यो निर्णयसँगै स्वागत गरेको अनुमान लगाए । उनका अनुसार कर्मचारीलाई चलखेल गराउने सेटिङमा घिसिङका असहयोगी सञ्चालकहरु चलखेल गरिरहेका छन् ।
तीन सञ्चालकलाई नहटाउन आदेश
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यही पुस १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाई त्यति बेलासम्मका लागि सञ्चालक समितिका सदस्यलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
आदेशमा प्राधिकरणका सञ्चालक लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई किन हटाइएको हो सोको कारण देखाउन ऊर्जा मन्त्रालयका नाममा कारण देखाउसहित नहटाउन भनिएको छ ।
प्राधिकरणमा निर्देशक कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सञ्चालक सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई यही पुस ३ गते बर्खास्त गरिएको थियो । बर्खास्त गरिएका तीन सञ्चालकले आफूहरुको बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij