२०८३ साउन ११ सोमबार

बाग्लुङका लागि पनि अनलाइन टिकट काट्न सकिने, रोडवेज यातायातले सुरू गर्यो, अनलाइन टिकटिङ

ई आर्थिक    सोमबार, पौस ११ २०७३
7.2K
Shares
बाग्लुङका लागि पनि अनलाइन टिकट काट्न सकिने, रोडवेज यातायातले सुरू गर्यो, अनलाइन टिकटिङ

पश्चिम नेपालको पर्वत र वाग्लुङ जिल्लामा स्तरिय सेवा दिइरहेको रोडवेज यातायातको टिकट अब अनलाईनमार्फत् काट्न सकिने भएको छ ।

रोडवेज टुर्स एण्ड ट्राभल्स् प्रालिले सञ्चालन गरेको एसीयुक्त स्तरिय गाडिको टिकट अनलाईनबाट काट्न सकिने भएको हो । नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने सेवा दिइरहेको बससेवा डटकम मार्फत् रोडवेज यातायातका टिकट अनलाइनबाट काट्न सकिने रोडवेज टुर्स एण्ड ट्राभल्स्का प्रबन्ध निर्देशक उमेश केसीले बताए ।

यात्रुहरूलाई टिकट काट्नका लागि काउण्टरसम्म धाउनुपर्ने झन्झट नहोस् भन्ने उद्देश्यले बस सेवासँगको सहकार्यमा अनलाईन टिकटिङ सुरू गरिएको केसीको भनाई छ । रोडवेज यातायातले सञ्चालन गरेका गाडि नेपालमै सबैभन्दा बढि स्तरीय भएको कम्पनीको दाबी छ । एसीयुक्त गाडि भित्रै मिनिबार, बाथरूम, वाइफाइ, एयरसपेन्सर लगायतका सुविधा रहेका छन् ।  धौलागिरी यातायात व्यवसायी समितिका महासचिव समेत रहेका केसीले यात्रुरूलाई अत्याधुनिक सुविधा दिनुका साथै सुरक्षाका लागि जिपिएस प्रविधि समेत लागु गर्न लागिएको बताए । बससेवा डटकमका साथै इसेवा, इसेवा जोन पोइन्ट तथा नजिकका साइबर कम्युनिकेशनबाट समेत अनलाइन टिकट काट्न सकिनेछ । बससेवा डटकमले नेपालका अधिकांश रूटहरूमा अनलाइनबाट बस टिकट काट्न सकिने सेवा दिँदै आएको छ ।

रोड वोएज ट्राभल्स को बस बिहान ६ः३० बजे काठमाडौं बाट छुट्छ । बाग्लुङ बाट पनि सोही समयमा बस सन्चालन हुँदै आएको छ । उक्त यातायात बाट बाग्लुङ, पर्बत , पोखरा लगायत ठाउका बसिन्दा ले प्रतक्ष्य रुमपा सेवा लिएर लाभान्वित भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij