२०८३ साउन ११ सोमबार

पैंचो पसलका उत्पादनहरु राजधानीमा, अब राजधानीमा पनि पहाडी जिल्लाका कृषि उत्पादन खान पाइने

ई आर्थिक    सोमबार, पौस ११ २०७३
11.7K
Shares
पैंचो पसलका उत्पादनहरु राजधानीमा, अब राजधानीमा पनि पहाडी जिल्लाका कृषि उत्पादन खान पाइने

काठमाडौं

पहाडी र उच्च पहाडी भेगमा उत्पादित पैँचो पसलका उत्पादनहरु राजधानी काठमाडौमा बिक्री वितरण सुरु गरिएको छ ।

‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नारालाई आत्मसात गर्दै पहाडी र उच्च पहाडी क्षेत्रमा रहेका कच्चा पदार्थ प्रयोग गर्दै उत्पादित सामाग्रीहरु राजधानीमा बिक्री वितरण सुरु गरिएको हो । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले राजधानीबासीलाई पनि ग्रामिण भेगका अर्गानिक, उच्च गुणस्तरका स्वादिला उत्पादनहरु पुर्याउन राजधानीमा बिक्री वितरण सुरु गरिएको बताउनुभयो । पहाडको उच्च हावापानीमा उत्पादन भएका सामाग्री मानव स्वास्थ्यका हिसाबले  पनि सबैको आवश्यकता भएको न्यौपानेको भनाई थियो ।

पैचो पसलले हाल विभिन्न आठ प्रकारका पैचो अचार, पैचो होल क्यान कर्न, पैचो आटो, पैचो कोदोको पिठो, पैचो टोमेटो केचअप , पैचो जाम, विभिन्न प्रकारका जुसहरु, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरि बजारमा ल्याएको छ । यस्तै, जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याएको छ । होल कर्न कर्नर नेपालकै पहिलो उत्पादन हो भने मस्यौरा, सिन्की पैचोले पहिलो पटक व्यवसायीक उत्पादन गरेको छ ।

पैचो पसल परम्परामा सीमित भैसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवर्धन गर्ने लक्ष्य लिएर दुईवर्ष अगाडि स्थापना भएको थियो । हाल पैँचो पसलमा अहिले हजारौं किसान प्रत्यक्ष जोडिसकेका छन् । जसबाट किसानहरु लाभान्वित भैरहेका छन् ।

बजारमा गुणस्तरहीन र अखाद्य वस्तुको बाहुल्यता भैरहेका बेला स्थापना गरेको पैचो पसलले पहाड÷उच्चपहाडका किसानले उत्पादन गरेका अर्गानिक कृषि उपजहरूलाई प्राथमिकताका साथ बजार व्यवस्थापन गर्ने तथा गुणस्तर परीक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराइरहेको छ ।

उपयुक्त बजारको अभावमा खेर गैरहेका गाँउका उत्पादनहरूलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उद्देश्यका साथ खोलिएको पैचो पसलले विगत एक वर्षदेखि गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग समेत स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको थियो । स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दैआएको पैचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २३ प्रकारका खाद्य वस्तु उत्पादन गर्दैआएको छ ।

बजारमा अनेकौं ब्रान्डका खाद्य पदार्थहरु रहपनि पैँचोका उत्पादनहरु ती खाद्य पदार्थभन्दा फरक छन् । पैचोका  सबै उत्पादनहरु निश्चित अल्टिच्यूड लेभलभन्दा माथिको पहाड र उच्च पहाडी भूभागका कच्चा पदार्थ मात्र हामीले प्रयोग गर्ने भएकाले पैचोका सामाग्री अर्गानिक मात्र नभएर अत्यन्तै प्राकृतिक र गुणस्तरिय पनि छन् । पहाडी क्षेत्र र उच्च पहाडी क्षेत्रमा उत्पादन कम हुन्छ भन्ने भ्रमलाई किसान र पैचोले तोडिदिएको कम्पनीको दाबी छ । पैचोले पहाडमा उत्पादन हुने तर त्यसै खेर गैरहेका खाद्य वस्तुहरुलाई प्रशोधन केन्द्रका कच्चा पदार्थका रुपमा प्रयोग गरिरहेको छ ।

पैचोले विगत डेढ बर्षदेखि बुटवल र आसपासका क्षेत्रमा समेत बजार विस्तार गरी त्यहाँ बसोबास गर्ने शहरीया उपभोक्तालाई पहाडी हावापानीमा उत्पादित स्वच्छ, स्वस्थ र अर्गानिक तरकारी, फलफूल र खाद्य सामाग्रीहरू समेत पैंचो बजारमार्फत उपलब्ध गराउदँै आएको छ ।

पैँचोले गुल्मी , पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँचीमा अहिले पनि ५० बढी संकलन केन्द्रहरु मार्फत किसानहरुको कृषि उत्पादन लिईरहेको छ ।  कम्पनीले आगामी दिनमा सेवा बिस्तार गर्दै बागलुङ, पर्वत, स्याङ्जा लगायतका जिल्लाका किसानहरुसंग समेत पैचोको परियोजन पु¥याउने लक्ष राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij