२०८३ साउन ११ सोमबार

केस कन्स्ट्रक्सनद्वारा टिपर तथा ट्रक व्यवसायी बिच छलफल कार्यक्रमको आयोजना

ई आर्थिक    सोमबार, पौस ११ २०७३
13.8K
Shares
केस कन्स्ट्रक्सनद्वारा टिपर तथा ट्रक व्यवसायी बिच छलफल कार्यक्रमको आयोजना

नेपालको लागि सीएएसई (केस) कन्स्ट्रक्सनको एकमात्र आधिकारिक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसिएट प्रालिले नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका सदस्यहरु बिच होटल अन्नपूर्णमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ । नेपालममा बढ्दो टिपर तथा ट्रक व्यवसायीको लागि सहज रुपमा कार्य गर्नका लागि चाहिने निर्माण उपकरण मध्ये केस ब्याकहो लोडर अति महत्वपूर्ण हुने भएकाले सो कार्यक्रम आयोजना गरिएको कम्पनीजे जानकारी दिएको छ ।

उक्त कार्यक्रममा काठमाडौ नजिकका जिल्ला भक्तपुर, ललितपुर, काभ्रे र धादिङ लगायतका जिल्लाबाट क्रसर तथा हेभि इक्युपमेन्ट व्यवसायीहरुको उपस्थिति रहेको थियो । कम्पनीले आफूले बिक्री वितरण गर्दै आएको मेसिनका बारेमा कम्पनीका प्रबन्ध निर्देशक केदार लामिछानेले बताउनु भयो । नेपालमा विभिन्न ब्राण्डका मेसिनहरु आएका छन्, त्यस मध्येमा केस कन्स्ट्रक्सनले उत्पादन गरी विक्री वितरण गर्ने मेसिनको बारेमा बुझ्न जरुरी रहेको वहाँले बताउनुभयो । नेपालमा केस  उत्पादन गर्ने मेसिनको माग निकै रहेको छ । ग्राहकले खरिद पछिको लागि राम्रो प्रतिफल दिने भएकाले यसलाई रुचाएको उहाँले बताउनुभयो । यस मेसिनले फ्यूल खपत र बनाउने खर्च अन्य मेसिनको तुलनामा कमी भएको कारण बजारमम यसको माग बढ्दो रहेको छ । शंकर ग्रुपका कार्यकारी निर्देशक अखिल गुप्ताले शंकर ग्रुप र केस कन्स्ट्रक्सनको बारेमा जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष कृष्ण प्रसाद पन्तले हामीले यस क्षेत्रमा ठूलो लगानी भएको छ दुई वटा टिपर हुनेसँग एउटा व्याक्हो लोडरको आवश्यक पर्ने र बजारमा विभिन्न ब्राण्ड मध्येमा कुन लिने नलिने भने सधै दोधारमा हुने भएकाले मेसिनको बारेमा जानकारी तथा हाम्रो संघकै नाममा यसरी आयोजना गरी हामीलाई बुझ्ने मौका दिनुभएको आयोजक प्रति धन्यवाद दिनु भयो । यसै गरी यस संघका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले निर्माण उपरण बिक्रेताहरुले हामीलाई नदेखेको कारण आज यहाँहरुले जुन कार्यक्रम गरी केसले उत्पादन गर्ने मेसिनको जानकारी दिनु भएकोमा आभार प्रकट गर्नुभयो ।

केस कन्स्ट्रक्सनले विभिन्न प्रकारका निर्माण उपकरण विक्री वितरण गर्ने गर्दछ । नेपालमा केसले ब्याकहो लोडर, मोटर ग्रेडर, रोलर र कम्प्याक्टर बिक्री वितरण गर्दै आइरहेको छ । केस भनेको ब्याकहो लोडर, मात्र नभई बहुउत्पादक कम्पनी हो । केस कन्स्ट्रक्सन सन् १८४२ मा अमेरीकामा स्थापित बहुराष्ट्रिय कम्पनी हो, जसले विश्वमा पहिलो ब्याकहो लोडर बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij