२०८३ साउन ९ शनिबार

‘अष्टाड्ड आयुर्बेद उपचार केन्द्रको विश्वसनीयतालाई देशभर विस्तार गर्दैछौं’

ई आर्थिक    सोमबार, पौस ११ २०७३
33.3K
Shares
‘अष्टाड्ड आयुर्बेद उपचार केन्द्रको विश्वसनीयतालाई देशभर विस्तार गर्दैछौं’

astanga22
हृदयनारायण चौधरी
सञ्चालक
अष्टाड्ड आयुर्बेद उपचार केन्द्र

आयुर्बेद र आयुर्बेद चिकित्सामा आधारित उपचार पद्दती दिनप्रतिदिन लोकप्रिय हुदै गएको छ । बालदेखि बृद्धासम्म यस उपचार पद्दतीबाट लाभान्वित भइरहेका छन । बुढापाकाको लोकप्रिय यो उपचार पद्दतीले पछिल्लो समय अहिलेका युवा-पुष्ताहरुको समेत ध्यान खिच्न थालेको छ । सेवाग्राहीको संख्यामा बृद्धिसँगै सेवा प्रदायक संस्थाहरु पनि बढिरहेको छन् । विशेषगरी एलोपेथिक (रसायनिक औषधि) उपचार पद्दतीबाट उपचार सम्भव नभएर थाकेका निराश रोगीहरु आयुर्बेदमा धाउनेको संख्या बढिरहेको तथ्यांकहरुले देखाएको छ । उनीहरुकालागी आयुर्वेदिक उपचार दोस्रो बिकल्प बन्दै गएको छ । त्यसो त यो उपचार पद्दतीले कल्पनै गर्न नसकेको रोगको उपचारलाई समेत संभव तुल्याइदिएको उदाहरण हामीले प्रसस्तै पाउन सक्छौं । स्वस्थ व्यक्तिको स्वास्थ्यलाई बचाई राख्न र रोगी व्यक्तिको रोग निवारण गर्ने कार्यमा आयुर्बेद उपचार पद्दतीले ठूलो भूमिका खेलिरहेको अष्टाङ्ग आयुर्बेद केन्द्रका सञ्चालक हृदयनारायण चौधरी बताउनुहुन्छ ।

आयुर्वेद क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ? यो क्षेत्रमा लागेर सेवा दिएको कति भयो ?
मेरो जन्म उदयपुर जिल्लाको एउटा सानो गाउँ भिमामा भएको हो । भिमा अहिले उदयुपरेको हडिया गाविसको वडा नं. २ मा पर्छ । म गाउँको धुलोमा जन्मिएर, कुलोमा नुहाएर गाउँघरकै औषधीमुलो खाएर हुर्केको मान्छे हुँ । जान्ने बुझ्ने हुँदा रुघा खोकी लाग्दा, साधारण खालको ज्वरो आउँदा मेरो बुबाले तुलसीको पात, अदुवा, मरिच मिसाएर पकाएर खुवानुहुन्थ्यो । त्यसैले म निको पनि हुन्थे र तंग्रिन्थे पनि । ज्वरो आउँदा चिराइतो, गुर्जो, नीम लगायतका जडिबुटी कुटेर खुवाउनु हुन्थ्यो । त्यसैले ज्वरो चट् पनि हुन्थ्यो । अहिलेको जस्तो सिटामोल, निको, बु्रफिन त्यो बेला त्यति सहज थिएन । मेरा गाउँ भिमा स्थानीय जंगलको आसपासमा पनि पर्छ । त्यहाँको जडिबुढिको उपयोगिता र महत्व मैले राम्ररी बुझेको थिए । यसको महत्व दर्शाउने कार्यमा भने मेरो बुबालगायत अघिल्लो पुस्ताले बाटो देखाएको हो । मैले भन्नै पर्दा बुबाको प्रेरणाले यो क्षेत्रमा प्रवेश गरेको हुँ । यो क्षेत्रमा लागेको अहिले डेढ दशक पनि वितिसक्यो ।

अष्टाङ्ग आयुर्वेद उपचार केन्द्रको स्थापनाको बारेमा बताईदिनोसन् ?
आयुर्बेद उपचार पद्दतीको महत्व बढ्दै गएको समयमा यसको स्थापना भएको हो । यो अष्टाङ्ग आयुर्वेद उपचार केन्द्र स्थापना भएको धेरै भएको छैन् । विधिवत् रुपमा २०७२÷२÷२९ गतेदेखि सञ्चालनमा आएको हो । यो उपचार केन्द्रको मुल उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निवारण गर्नु हो ।

अष्टाङ्ग आयुर्वेद उपचार केन्द्रका सेवाहरु के–के छन् ? हाल कति र कस्ता रोगहरुको उपचार यस केन्द्रले गर्दै आएको छ ?
यसको सेवा आयुर्बेद उपचार र फार्मेसीसँग सम्बन्धित छ । यो केन्द्रले प्रत्येक दिन बरिष्ठ आयुर्बेदिक डाक्टरद्वारा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रोगीको रोगको बारेमा चेक जाँच (रोगीको परिक्षण) गर्ने गर्दछ ।

आयुर्बेद फार्मेसीका अतिरिक्त पञ्चकर्म सेवा, शिरोधारानश्य, बमन, बीरेचन, स्वेदन, लिहन, स्टिम, होलबडी मसाज, ल्याब, ईसीजी, एक्सरे, भिडियो एक्सरे आदी सेवाहरु यस केन्द्रले उपलब्ध गराउँदै आएको छ । त्यसैगरी पायल्स, फिस्टुलाको आयुर्बेदिक पद्दतीद्वारा विशेष उपचार, छार सुत्र कर्म जस्ता उपचार पनि यसले गर्दछ ।

अन्य आयुर्वेद उपचार केन्द्रका भन्दा अष्टाङ्गका फरक विशेषताहरु पनि छन की ?
यो सेवामूलक व्यवसाय पनि भएकाले अष्टाङ्गले सेवाभावले नै आफ्ना सेवाग्राहीलाई सेवा उपलब्ध गराउँदै आएको छ । अष्टाङ्ग आयुर्बेदको चतुस्पात भनेको असल चिकित्सक, असल विरामी, असल परिचारिका र असल औषधी हुन । हाम्रो यस केन्द्रमा आयुर्बेदको चतुस्पात मन्त्र प्रयोग गरेर उपचार हुने हुँदा अन्य भन्दा हाम्रो उपचार केन्द्रका सेवामा निश्चितरुपमा केही फरक पाउन सकिन्छ ।

astanga1

अष्टाङ्गले कस्ता वर्गलाई लक्षित सेवा प्रदान गरिरहेको छ ? खासगरी कस्ता व्यक्तिहरु उपचार सेवाको लागि आउँछन् ?
अष्ठाङ्गका कुनै लक्षित वर्ग र उमेर समूह छैन । यहाँ बालदेखि बृद्धासम्म, निम्नदेखि उच्च वर्गका समेतले सेवा लिइरहेका हुन्छन् । विशेषगरी एलोपेथिक औषधी खाएर सबैतिर भौतारिएर निराश विरामीले यहाँ आएर राहतको अनुभूति गरेको हामीले पाएका छौं । तुलनात्मक रुपमा फ्रेस विरामी कमै आउँछन् । महिला, पुरुष, बृद्धबृद्धा, युवा युवती, बाल बालिका सबैलाई हाम्रो सेवाले स्वागत गर्न पाएकोमा गर्ब महशुस गर्छौं ।

अष्टाङ्गले हालसम्म कति र कस्ता विरामीहरुको सफल उपचार गरिसकेको छ ?
हाम्रो उपचार केन्द्रको स्थापना भएको दुई बर्ष हुन लाग्यो । यस अवधिमा दश हजार जनाल भन्दा बढीले हाम्रो केन्द्रबाट सेवा लिइसकेका छन् । विशेषगरी मलद्वारको समस्याहरु, दुखाई सम्बन्धि, नशा सम्बन्धि, बाथ, युरिक एसिड, जन्डिस, हेपाटाईटिस, प्रेसर, सुगर, यौन दुर्बलता, ग्यास्ट्रिक, कब्जियत, महिनावारी गडबडी, आदीको अष्टाङ्गले सफल उपचार गरिसकेको छ ।

अन्य उपचार पद्दती र आयुर्वेद उपचार पद्दतीमा के फरक छ ?
जहाँ आयुको सम्बद्र्धन, संरक्षण हुन्छ, त्यही नै आयुर्बेद हो । यस उपचार पद्दतीमा आयुको बारेमा चर्चा हुन्छ । जुन पद्दती अपनाउँदा आयुको बृद्धि हुन्छ । सबैमा कुनै किसिमको नकारात्मक असर पर्दैन प्राकृतिकरुपले पाइने जडिबुटिहरुलाई खनिजलाई धारण गरेर तयार पारेको हुन्छ । यो औषधी सेवन गर्दा डराई राख्नु पर्ने अवस्था हुँदैन । अन्य पद्दतिको बारेमा मैले भन्न मिल्दैन । तर, यति भन्न सक्छु की तुलनात्मक रुपमा यो पद्दतीको उपचारबाट रोगीहरुले राहत पाइरहेका छन् ।

आयुर्वेद उपचारप्रति जनआकर्षण कस्तो रहेको छ ? यो आकर्षणलाई अझै बढाउन कसले के गर्नुपर्ला ?
पछिल्लो समयमा यस उपचार पद्दती प्रति जनआकर्षण एकदमै बढ्दो रहेको छ । आयुर्बेदको नाममा बाटो–बाटोमा गाडी घोडामा राखेर जसले पायो त्यसले जे पाए त्यही गर्न भएन् । औषधीमात्र बेचाउनु पाउनु ठूलो कुरा रहेन । तर बाटो–बाटोमा उपचार अलिक सह्य भएन । आयुर्बेद उपचारप्रति बढ्दो जनआकर्षणसँगै यसलाई व्यवस्थित गर्न जरुरी छ । पताञ्जलीका काउण्टरहरुमा या त औषधी बेचाउनु प¥यो । कि त किराना कस्मेटिक पसलमा बेच्ने व्यवस्था हुनुपर्छ । अव्यवस्थित पताञ्जलीका काउन्टरहरुलाई बन्द गर्नुपर्छ । राज्यले आयुर्बेद प्रति सकारात्मक सोच राख्नु प¥यो । सेवाग्राहीले बास्तविक आयुर्बेद सेवाहरुमा गएर सेवा लिनु म अनुरोध गर्दछु ।

यो क्षेत्रमा के कस्ता समस्या तथा चुनौतिहरु रहेका छन् ?
यो क्षेत्रमा समस्या र चुनौति धेरै नै छ । यस क्षेत्रका समस्या तथा चुनौतिको पुरा उत्तर दिने हो भने रामायण र महाभारत नै तयार होला । तर छोटकरीमा भन्नु पर्दा राज्यले यस क्षेत्रमा काम गर्नेहरुलाई बन तस्करको बिल्ला लगाउन समेत बाँकी राखेको छैन् ।

यस्तो आयुर्वेद केन्द्रमार्फत उपचार गर्ने संस्थाहरु देशभर कति रहेका छन् ? यो क्षेत्रमा प्रतिस्पर्धा छ की छैन ?
जति प्रतिस्पर्धा उति नै राम्रो । बास्तबमा भन्ने हो भने म प्रतिस्पर्धाको पक्षधर हुँ । तर, अस्वस्थ होइन की स्वस्थ प्रतिस्पर्धाको । प्रतिस्पर्धाले सेवाग्राहीलाई फाइदा पु¥याउँछ भने व्यवसायमा थप परिपक्वता ल्याउँछ । अहलिे काठमाडौं उपत्यकामा मात्र २५० भन्दा बढी यस्ता औषधालयहरु रहेका छन । अहिले क्लिनिकहरु पनि धमाधम खुल्दैछ । मसँग बास्तविक तथ्यांक त छैन तर दुई सय भन्दा बढी नै यस्ता व्यवसायीहरु होलान् ।

व्यवसायिक दृष्टिकोणले यो क्षेत्र कत्तिको संभावना भएको क्षेत्र हो ? यो क्षेत्रमा लाग्ने व्यवसायीहरुको भविष्य कस्तो देख्नुहुन्छ ?
चुनौति र समस्याहरुको पहाडसँगै यो व्यवसायमा राम्रो संभावनाहरु प्नि रहेका छन । संक्षेपमा भन्नुपर्दा यो व्यवसाय गर्नेले खाडी मुलुक काम गर्न जानु पर्दैन र अधिकृतस्तरको जागीर पनि खाइराख्नु पर्दैन ।

अष्टाङ्गको लोकप्रियतालाई अन्य स्थानमा समेत विस्तार गरी सेवा प्रदान गर्ने सम्बन्धमा कस्तो सोचाई रहेको छ ?
संभाव्यताको आधारमा अष्टाङ्गको सेवाहरुलाई क्रमशः देशका प्रमुख शहरहरुबाट विस्तार गर्दै लैजाने योजना रहेको छ । अब छिट्टै नै कलंकीमा पनि यसको शाखा बिस्तार गर्दैछौ।

आयुर्वेदको क्षेत्रमा तपाईका भावि योजना तथा लक्ष्यहरु के-कस्ता रहेका छन् ?
स्वदेशमै गुणस्तरीय आयुर्बेद औषधी उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने मेरो भावि योजना तथा लक्ष्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij