२०८३ साउन ९ शनिबार

क्यासिनोलाई राजस्वको दायरामा ल्याइनुपर्ने

ई आर्थिक    सोमबार, पौस ११ २०७३
4.9K
Shares
क्यासिनोलाई राजस्वको दायरामा ल्याइनुपर्ने

बल्थली (काभ्रे)

राजधानीका तारे होटलमा सञ्चालित क्यासिनोले सरकारलाई राजस्व तिर्न अटेर गरेकाले उनीहरुलाई राजस्वको दायरामा ल्याइनुपर्ने सरोकारवालाले औंल्याएका छन् ।

राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले व्यवसायीले क्यासिनोबाट करोडौँ कमाए पनि राजस्व तिर्न इन्कार गरिरहेको बताए ।

उनीहरुले मुलुकको पर्यटन क्षेत्रलाई एकीकृत ढङ्गले नीति बनाएर प्रवद्र्धनात्मक गतिविधिमा जुट्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख सूर्य थापाले होटल र क्यासिनो व्यवसायीबीचको विवादले नेपालका क्यासिनो राजस्वमारा भएको भन्दै नीतिगत रुपमा उनीहरुलाई राजस्वको दायरामा ल्याइनुपर्नेमा जोड दिनुभयोे ।

उहाँले नेपालबाट सिकेर छिमेकी भारतको व्याङ्गलोर, सिक्किमलगायत राज्यमा राम्रो व्यापार भएको तर नेपालमा भद्रगोल हुनाले पर्यटन क्षेत्रलाईनै असर पुगेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष दीपक महतले पर्यटन क्षेत्रको पुरानो नीतिलाई समयसापेक्ष परिमार्जन गर्न नसकेकाले पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको बताउनुभयो ।

नाटोजका अध्यक्ष शिव अधिकारीले सरकार र पर्यटन व्यवसायीबीच समन्वय गरी पर्यटन प्रवद्र्धनमा गति दिन संस्थाले सेतुको रुपमा काम गरिहेको बताउनुभयो ।

क्यासिनोले राज्यलाई तिर्नुपर्ने करिब ४५ करोड बक्यौता रकम पनि नतिरेको पनि सो अवसरमा बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij