२०८३ असोज ८ बिहिबार

नवीकरणीय उर्जा प्रवर्द्धनमा सिद्धार्थ बैंक

ई आर्थिक    शुक्रबार, चैत्र २ २०८०
5.4K
Shares
नवीकरणीय उर्जा प्रवर्द्धनमा सिद्धार्थ बैंक

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच नवीकरणीय उर्जा प्रवर्द्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अनुसार दिगो उर्जा चुनौती कोषसँग समन्वय गरी बैंकको नवीकरणीय उर्जा परियोजनाहरूमा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ग्यारेन्टी हुनेछ।

यस सम्झौताले बैंककोनवीकरणीय उर्जा परियोजनाहरू जस्तै सोलार नेट मिटरिब, १ मेगावाटसम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घर-परिवारमा विद्युतीय खाना पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको बैंकले जनाएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा ५ एक्स्टेन्सन्काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

‘सम्बन्ध सधैँभरिलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्घार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij