२०८३ साउन ९ शनिबार

अमेरिकाको ग्रिनकार्ड त्यागेर आएका तामाङले एमालेको किल्ला भत्काए !

ई आर्थिक    शनिबार, जेष्ठ १३ २०७४
7.1K
Shares
अमेरिकाको ग्रिनकार्ड त्यागेर आएका तामाङले एमालेको किल्ला भत्काए !

१३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको स्थानीय तह निर्वाचनपछि ईन्द्रावती गाउँपालिकाको सर्वत्र चर्चा छ । एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल बंशलाल तामाङ्सँग पराजित भए । त्यसमाथि विजयी तामाङ दस वर्षे अमेरिकी बसाईपछि गाउँ फर्किएका हुन् ।

चुनावअघि ग्रिनकार्ड त्याग्दै उनी कांग्रेसबाट एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि चर्चामा आएका हुन् । ५३६५ भोट ल्याका तामाङ दुई सय मतान्तरले जिवयी भएका हुन् । नेपालले ५१६५ मत ल्याएका थिए । उनी दुई वर्ष अघि २०७२ फागुनमा सम्पन्न कांग्रेस १३ औँ महाधिवेशनको बेला स्वदेश फर्किएका थिए ।

जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएर उनी फेरि अमेरिकातिरै लागेका थिए। २०३६ सालमा नेविसंघको इकाइ सभापति बनेर राजनीति थालेका उनी २०४२ को सत्याग्रह आन्दोलनमा जेलसमेत परेका थिए । नेविसंघ अध्यक्ष हुँदै २०५७ मा कांग्रेस जिल्ला सचिव बनेका तामाङ २०५४ को स्थानीय चुनावमा इलाका नम्बर ६ बाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

‘माओवादीको जनयुद्वका कारण अमेरिका गएको हुँ’, तामाङले भने, ‘माओवादीले ज्यान मार्ने धम्की दिए। त्यसपछि लुक्न राजधानी पुगेँ । तर त्यहाँ पनि माओवादीले सताएपछि देशै छोड्न बाध्य भएँ ।’ २०५९ सालमा गाउँबाट बिस्थापित भएका तामाङ अमेरिका पुगेका थिए ।अाजकाे नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij