२०८३ भाद्र ३० मंगलबार

महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने

ई आर्थिक    मंगलबार, पौस २४ २०८०
3.3K
Shares
महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ मा रहेको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत गरिदिने भएको छ । यसका लागि बैंकले महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पनि गरेको छ ।

महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्र आदानप्रदान गरे ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्‍याउने उद्देश्यले व्यवस्थापन पक्षसँग सम्झौता गरिएको बैंकले जनाएको छ ।

बैंकले २०७७ सालमा बगैंचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij