ई-आर्थिक, काठमाडाैँ । हिमालयन बैंकले प्रिमियम मूल्यमा फर्दर पब्लिक अफरिङ (एफपिओ) ल्याउने भएको छ । चुक्ता पुँजीमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउनका लागि बैंकले एफपिओ ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३२ रुपैयाँ छ ।
उक्त पुँजीको २.९९ प्रतिशत अर्थात् ६४ करोड ७५ लाख ३२ हजार ८ सय ७ रुपैयाँमा प्रिमियम थपेर एफपिओ ल्याउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।
चुक्ता पुँजीको ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको हुनुपर्ने कानूनी व्यवस्था भए पनि हिमालयन बैंकमा भने त्यो लागू नभएको भन्दै आलोचना हुँदै आएको थियो । बैंकले एफपिओ निष्काशनको प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ ।