२०८३ असोज ८ बिहिबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा बाराको कलैयामा

ई आर्थिक    मंगलबार, कार्तिक २१ २०८०
4K
Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा बाराको कलैयामा

ई–आर्थिक, कलैया । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बाराको कलैया उपमहानगर पालिका–४ स्थित बरियारपुरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २१ वटा शाखाहरु भएका छन् ।

कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योतीप्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले अब बैंकमार्फत नै आर्थिक कारोबार हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने अन्य वक्ताहरुले कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij