२०८३ भाद्र ३० मंगलबार

एनआईसी एशिया बैंकका ग्राहकमुखि तीन नयाँ कर्जा योजना सार्वजानिक

ई आर्थिक    आइतबार, साउन २८ २०८०
6.7K
Shares
एनआईसी एशिया बैंकका ग्राहकमुखि तीन नयाँ कर्जा योजना सार्वजानिक

ई–आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ‘अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा’ गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले न्युनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको हो ।

२५ वर्षसम्मको कर्जा अवधि रहेको यस कर्जा न्युनतम ब्याजदरमा उपभोग गर्न सक्ने बताइएको छ । व्यवसाय सञ्चालन तथा विस्तार गर्न ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध हुने बैंकको भनाइ छ ।

अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा न्यूनतम ब्याजदर कायम गरिएको बैैंकले जानकारी दिएको छ । त्यसैगरी बैंकले ल्याएको न्युनतम रू. ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्ने यस कर्जामा १ वर्षको भुक्तानी अवधि रहेको र वार्षिक रूपमा नवीकरण गर्न सकिने सुविधा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij