ई आर्थिक, काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट पाउने भएका छन् । जसका लागि बैंक र नेपा हिमा ट्रेड लिंकबीच ग्राहकलाई सोनीका आउटलेट तथा केही आधिकारीक बिक्रेताहरुबाट विभिन्न माडेलका टेलिभिजन खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र कम्पनीका कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पिओएस र क्युआर कोड प्रयोग गरी सोनी ब्राभियाका विभिन्न मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट पाउने छन् । यस योजना फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
यस बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्ने छन् ।
बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट एइक् तथा १२,००० भन्दा बढि स्थानहरुबाट क्युआर कोड स्क्यान बल सेवा प्रदान गर्दै आइरहेको छ ।
करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाब, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै
आइरहेको छ ।