२०८३ भाद्र २९ सोमबार

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई अकामा होटलमा २० प्रतिशत छुट

ई आर्थिक    सोमबार, चैत्र ३ २०७६
5.8K
Shares
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई अकामा होटलमा २० प्रतिशत छुट

ई आर्थिक, काठमाडौं। एनआईसी एशिया बैंक र अकामा होटलबीच ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरे । उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् ।

यसैगरी ग्राहकहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर र ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij