२०८३ असोज ८ बिहिबार

प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त, बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव

ई आर्थिक    बिहिबार, साउन १८ २०८०
9.6K
Shares
प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त, बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो ।

हाल मानन्धर बैंकमा महाप्रबन्धकको जिम्मेवारीमा रहँदै आएका थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएपछि सञ्जीव मानन्धरले कामु सिइओको जिम्मेवारी प्राप्त गरेका हुन् ।

अर्को व्यवस्था नभएसम्मका लागि सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैकले जनाएको छ । मानन्धर स्थापनाकालदेखि नै बैंकको महाप्रबन्धकको जिम्मेवारीमा रहँदै आएका थिए । उनको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ ।

तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ करिअर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रहेर काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij