२०८३ असोज ८ बिहिबार

एनआइसी एसिया बैंक २६ वर्षमा, अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा दिने

ई आर्थिक    शुक्रबार, साउन ५ २०८०
7.6K
Shares
एनआइसी एसिया बैंक २६ वर्षमा, अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा दिने

ई–आर्थिक, काठमाडौं । एनआइसी एसिया बैंक २६ वर्षमा पुगेको छ। २६ वर्षअघि सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ बैंक स्थापना भएको थियो।

‘हाम्रो आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २६औं वार्षिकोत्सव मनाउन गइरहेका छौ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उनले भनेका छन्- नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय ग्राहकलाई नै जान्छ। उनले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij