२०८३ साउन १७ आइतबार

डिस मिडिया नेटवर्कले शेयर बढेर आउँदै, आईपीओ निष्कासन गर्न सेबोनमा पुन दियो निवेदन

ई आर्थिक    शनिबार, असार १६ २०८०
4.6K
Shares
डिस मिडिया नेटवर्कले शेयर बढेर आउँदै, आईपीओ निष्कासन गर्न सेबोनमा पुन दियो निवेदन

ई–आर्थिक, काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले शेयर कित्ता बढाएर आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुन निवेदन दिएको छ । कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा असार १२ गते निवेदन दिएको हो ।

यस भन्दा अगाडि कम्पनीले २०७७ सा असार ३० गते २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सेबोनबाट आईपीओ निष्कासन गर्न स्वीकृती पाएपछि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ भने त्यसपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij