२०८३ साउन १७ आइतबार

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ विक्री खुल्यो

ई आर्थिक    आइतबार, असार १० २०८०
4.9K
Shares
अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ विक्री खुल्यो

ई–आर्थिक, काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको हो ।

कम्पनीले यस अघि नै स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओ निष्कासन गरी बाडँफाँड गरिसकेको छ ।

कम्पनीले जारी पूँजीको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

यस्तै, ६ लाख ५० हजारको २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले लमजुङ जिल्लाको स्याङ्गे भन्ने ठाउँमा अपर स्याङ्गे खोला स्मल हाइड्रोपावर आयोजनाबाट २.४ मेगावट क्षमताको विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij