२०८३ साउन १७ आइतबार

कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनमा दिए निवेदन

ई आर्थिक    बुधबार, जेष्ठ ३१ २०८०
2.5K
Shares
कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनमा दिए निवेदन

ई–आर्थिक, काठमाडौं । दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।

कान्तिपुर टेलिभिजन नेटवर्कले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा जेठ २८ गते र सानिमा हाइड्रोपावरले २४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि जेठ २६ गते सेबोनमा निवेदन दिएको हो ।

दुवै कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि र वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि विक्री खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij