२०८३ साउन १७ आइतबार

नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीले पाए आशयपत्र

ई आर्थिक    मंगलबार, बैशाख १९ २०८०
3.4K
Shares
नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीले पाए आशयपत्र

ई–आर्थिक, काठमाडौं । नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीले आशयपत्र (एलओआई) पाएका छन् । धितोपत्र बजारको नियामक धितोपत्र बोर्डको सञ्चालक समितिको सोमबार बसेको बैठकले आशयपत्र दिने निर्णय गरेको हो । आशयपत्र प्राप्त गरेका कम्पनीले छ महिनाभित्र पूर्वाधार निर्माण गरिसक्नु पर्नेछ । पूर्वाधार निरीक्षण गरेर योग्य ठहराएपछि अन्तिम लाइसेन्स दिइने बोर्डले जनाएको छ ।

धितोपत्र दलाल कम्पनीको सङ्ख्या बढाउन धितोपत्र व्यवसायी नियमावलीको दुई पटकसम्म संशोधन गरेर बोर्डले गत असोज २ गते आवेदन मागेको थियो । बोर्डले आवेदन माग गरेपछि ४६ कम्पनीले आवेदन बुझाएका थिए । तीनै आवेदकमध्ये १६ वटाले सोमबार पूर्वाधार निर्माणको आशयपत्र पाएका हुन् ।

संशोधित नियमावलीअनुसार आशयपत्र पाउनेमध्ये सीमित काम गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड रुपियाँ, पूर्ण काम गर्नेको ६० करोड रुपियाँ र स्टक डिलरलाई डेढ अर्ब रुपियाँ निर्धारण गरिएको छ ।

नयाँ ब्रोकर लाइसेन्सका लागि बोर्डबाट आशयपत्र पाउनेमा सातवटा संस्थागत लगानीका कम्पनी छन् भने नौवटा व्यक्तिगत लगानीका कम्पनी हुन् । नबिल बैङ्कको सहायक कम्पनी नबिल सेक्युरिटिजले धितोपत्र व्यापारी (स्टक डिलर)का लागि एलओआई पाएको छ । मेगा स्टक मार्केटले पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

यस्तै हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल. सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, आरबीबी सेक्युरिटिज कम्पनी, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज प्रालि, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकाशभैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसए सेक्युरिटिजले सीमित कार्य गर्ने ब्रोकर लाइसेन्सका लागि एलओआई पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij