२०८३ असोज १० शनिबार

एनआईसी एसिया बैंक म्याग्दीका कर्मचारी माथि कुटपिट

ई आर्थिक    बिहिबार, चैत्र २ २०७९
12.4K
Shares
एनआईसी एसिया बैंक म्याग्दीका कर्मचारी माथि कुटपिट

ई–आर्थिक, म्याग्दी । एनआईसी एसिया बैंक म्याग्दीका कर्मचारीमाथि कुटपिट भएको छ । चैत २ गते गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि कुटपिट भएको हो ।

‘निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं ।’, बैंक तथा वित्तिय संस्था परिसंघले सो घट्नाबारे विज्ञप्ति निकाल्दै भनेको छ ।

परिसंघले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पनि सरकारसँग माग गरेको छ । परिसंघले वार्ताबाट समाधान निकाल्ने वातावरण मिलाउन पनि भनेको छ । ‘बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको छ ।’, परिसंघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij