२०८३ भाद्र ३१ बुधबार

ज्योति विकास बैंकमा व्यवस्थापकीय नेतृत्वको सक्षमता देखियो, गतबर्षको भन्दा ६ करोडले बढी नाफा

ई आर्थिक    शनिबार, साउन २१ २०७९
10.9K
Shares
ज्योति विकास बैंकमा व्यवस्थापकीय नेतृत्वको सक्षमता देखियो, गतबर्षको भन्दा ६ करोडले बढी नाफा

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकमा व्यवस्थापकी नेतृत्वको सक्षमताले नाफामा छलाङ मारेको छ । बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ क्षेत्रमा राम्रो दख्खल भएका श्रीचन्द्र भट्ट आउनुभएपछि बैंकका सबै सुचकांकले राम्रो गति लिइरहेको छ । उहाँको व्यवस्थापकीय नेतृत्वमा आर्थिक क्षेत्र असहजता ढंगले चलिरहँदा समेत गतबर्षको असार मसान्तको भन्दा बैंकले ६ करोड रुपैयाँ बढीले नाफा गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा २०७८ असार मसान्तको भन्दा ६ करोड रुपैयाँले बढी हो ।

बैंकले गत आर्थिक वर्षमा ३५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्न सफल भएको छ ।

४ अर्ब २६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको वितरणयोग्य नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ८.२१ प्रतिशत लाभांश दिन सक्छ । ज्योति विकास बैंकको जगेडा कोषमा एक अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी १६.४४ रुपैयाँ छ भने पीई रेसियो १८.३९ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ भने १३२.७३ रुपैयाँ रहेको छ । बैंकले ५३ अर्ब निक्षेप संकलन गरेर ४८ अर्ब कर्जा लगानी गर्दा एक अर्ब ९५ करोड खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij