२०८३ साउन ९ शनिबार

एनआईसी एशिया बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग (भ्याकेन्सीसहित)

ई आर्थिक    बुधबार, साउन १८ २०७९
6.5K
Shares
एनआईसी एशिया बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग (भ्याकेन्सीसहित)

ई–आर्थिक, काठमाडौं ।  के तपाइँ आफ्नो योग्यताअनुसारको अवसरको खोजीमा हुनुहुन्छ ? के तपाइँमा असम्भव भन्ने कुरा नै हुँदैन भन्नेमा विश्वास छ ? के तपाइँ अठोटको अगाडि हरलक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाइँ सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एनआईसी एशिया बैंकले तपाइँको खोजी गरिरहेको छ ।

बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ।

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगर, भ्लगरलगायत दर्जनभन्दा बढी पदमा कर्मचारी माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सिर्जना गर्न सफल भएको एनआईसी एशिया बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

यसका लागि इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies वा तल दिइएको क्यूआर स्क्यान गरी २०७९ भदौ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij