ई–आर्थिक, काठमाडौं । बाँकेका गार्मेन्ट व्यवसायीहरु संगठित भएका छन् । जिल्लाभरी रहेका व्यवसायीहरुको भेलाले चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा गार्मेन्ट उद्योग संघ बाँके गठन गरेको हो । बाँकेका गार्मेन्ट व्यवसायीहरु पहिलो पटक संगठित भएका हुन ।
संघको उपाध्यक्षमा देबेन्द्र बहादुर धामी, सचिवमा पदम बहादुर विक, कोषाध्यक्ष मुजफिल इद्रिसी चयन हुनुभएको छ ।
सदस्यहरुमा भीमप्रसाद बराल, पदम बहादुर थापा, केशव राज खड्का, ओमकार थापा, शोविराम सुनार, लिलाराम न्यौपाने, विपिन घिमिरे, अम्मर बहादुर शाही र हेमराज आचार्य चयन हुनुभएको छ ।