२०८३ भाद्र ३० मंगलबार

काठमाडौँ महानगरपालिकाको प्रमुख २४ र उपप्रमुखमा १२ जनाको उम्मेदवारी

ई आर्थिक    बुधबार, बैशाख २० २०७४
6.1K
Shares
काठमाडौँ महानगरपालिकाको प्रमुख २४ र उपप्रमुखमा १२ जनाको उम्मेदवारी

२० वैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा २४ तथा उपप्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ ।

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मंगल्वार भएको उम्मेदवारी मनोनयन दर्तामा उक्त उम्मेदवारी परेको हो ।

प्रमुख पदमा उम्मेदवारी दिइनेहरुमा नेपाली काँग्रेसबाट राजुराज जोशी, नेकपा (एमाले)बाट विद्यासुन्दर शाक्य, नेकपा (माओवादी केन्द्र)बाट सर्वोत्तमदास डङ्गोल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट शिवहरी रिजाल, सङ्घीय समाजवादी फोरम नेपालबाट पवित्र बज्राचार्य, राष्ट्रिय जनमोर्चा नेपालबाट डा निर्मलकुमार थापा, नेपाल मजदूर किसान पार्टीबाट कुलनारायण डङ्गोल र नेकपा संयुक्तबाट वचपनराज श्रेष्ठ हुनुहुन्छ ।

यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा किशोर थापा, विनोदकुमार क्षेत्री, रञ्जु न्यौपाने, सुरेन्द्रप्रसाद ढकाल, अमोट महर्जन, लक्ष्मीप्रसाद भण्डारी, नेत्र बहादुर लिम्बु, पुरुषोत्तम दङ्गाल, भरतबहादुर विसुराल, गोर्कीप्रसाद श्रेष्ठ, ज्ञानुमाया तामाङ, नवराज कार्की, दिनेश शाही, डव बहादुर गर्वुजा पुनमगर र अनिलमान श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यस्तै उपप्रमुख पदमा काँग्रेसबाट हरीप्रभा खड्गी, माओवादी केन्द्रबाट सुशीला पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजाराम श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट लक्ष्मी राई, सङ्घीय समाजवादी फोरम नेपालबाट सविना अर्याल र राष्ट्रिय जनमोर्चाबाट क्रृतु सापकोटा केसीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै स्वतन्त्रमा जनिसा भट्टराई, निरुपमा यादव, पुनम डङ्गोल, सावित्री खरेल र राधिका महर्जनले पनि उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै वडा अध्यक्ष र सदस्य पदमा एक हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij