२०८३ भाद्र ३० मंगलबार

एसआर आई प्रविधिको धान खेतीबाट किसान लाभ उठाउँदै

ई आर्थिक    आइतबार, बैशाख १७ २०७४
6.1K
Shares
एसआर आई प्रविधिको धान खेतीबाट किसान लाभ उठाउँदै

१७ वैशाख, बनेपा । काभ्रेपलाञ्चोकमा एसआर आई प्रविधिमा भएको चैते धान खेतीबाट किसानले लाभ लिन थालेका छन् । चार वर्षदेखि सो प्रविधिमा चैते धान खेती गरेका मण्डनदेउपुर नगरपालिका–७ का गोविन्दप्रसाद नेपालले कम लगानीबाट बढी उत्पादन लिदै आएको बताउनुहुन्छ ।

“पहिले पाथीका पाथी धानको बीउ चाहिन्थ्यो तर अहिले एक किलो धानको बीउबाट एक पाथी धान उत्पादन गरिएको छ”, उहाँ भन्नुहुन्छ, “टाइचिन जातको स्थानीय दुई सरा तीन पाते बीउ खेतमा लागाउँदा कसैले पत्याएनन्, आफ्नै बुबाले पनि यसले खेत बाँझै राख्ने भो भन्नुभयो तर परम्परागतरुपमा गरेको धान खेतीभन्दा एसआर आई विधिमार्फत प्रतिरोपनी १० पाथी धानको उत्पादन बढ्यो । ”

बर्खे धान खेतीमा पनि यो विधिमार्फत धानको उत्पादन लिन सकिने र उचाइ भएको पानी नजम्ने स्थानमा पनि यो विधिमार्फत धानको उत्पादन लिन सकिने उहाँ उल्लेख गर्नुुहन्छ । मण्डनदेउपुर नगरपालिकाको करिब तीन सय ५० हेक्टर जमिनमा किसानले यो विधिमा धान खेती गरेका छन् । जिल्ला कृषि कार्यालयका प्रसार अधिकृत कृष्ण धिताल नमुनाका रुपमा एसआर आई विधि केही ठाउँमा सञ्चालन ल्याइएको र किसानले पनि यसबाट लाभ लिन थालेको बताउनुहुन्छ ।

जिल्लाको करिब एक हजार हेक्टर जमिनमा यसै प्रविधिमार्फत धान खेती भएको र चैते धान पनि प्रतिहेक्टर चार मेट्रिक टनका दरले उत्पादन भएको उहाँको भनाइ छ ।

सुख्खा ब्याडमा धानको बोट मात्रै खेतमा लाइन गरेर रोप्दा त्यसको गाँजो मोटो हुने र धानको उत्पादन बढी दिने विधि नै एसआर आई हो । जिल्लाका अन्य विभिन्न स्थानमा पनि यो विधिबाट धानको खेती हुन लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij