२०८३ साउन १७ आइतबार

सांग्रिला बैंकको १७औं बार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

ई आर्थिक    बिहिबार, कार्तिक ११ २०७८
5.9K
Shares
सांग्रिला बैंकको १७औं बार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

ई–आर्थिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १७औं बार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले आउँदो कात्तिक १३ गते १७ औं वार्षिकोत्सव अवसर पारेर देशभर साताव्यापी कार्यक्रम सार्वजनिक गरेसँगै बुधबार आफ्ना ९८ शाखामध्ये केन्द्रीय कार्यालय बालुवाटार, शाखा कार्यालय ठिमी, पोखरा न्यूरोड, नेपालगञ्ज, घोराही, धनगढी, नारायणगढ, बुटवल, इटहरी, गोरखा र भैरहवा गरी ११ वटा शाखामार्फत रक्तदान कार्यक्रम तथा केन्द्रीय कार्यालय बालुवाटारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

वालुवाटार काठमाडौंमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका थिए भने नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखामा आयोजित रक्तदानमा ७४३ जनाले रक्तदान गरेको बैंकले बताएको छ । मेराकी हेल्थ सोलुसलन प्रालिको सहकार्यमा सम्पन्न बालुवाटारमा भएको उक्तस्वास्थ्य परीक्षण शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij