२०८३ साउन १७ आइतबार

कामना सेवाको युनिफोकल रिडिङ्ग ग्लासको सेवा शुभारम्भ

ई आर्थिक    सोमबार, असोज १८ २०७८
6.4K
Shares
कामना सेवाको युनिफोकल रिडिङ्ग ग्लासको सेवा शुभारम्भ

ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक युनिफोकल रिडिङ्ग ग्लासको सेवा शुभारम्भ गरेको छ ।

विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौं’ भन्ने नारालाई आत्मसाथ गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस भन्ने उद्देश्यका साथ उक्त सेवा सुरु गरेको जानकारी दिएको छ ।

यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था भएको कामना सेवा बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोख्रेलले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गर्नु भएको हो ।

बैंकले यस अगाडि पनि भिजुअली इम्पेरेड व्यक्तिहरुलाई समेत आफै खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरी बचत खाता सञ्चालनमा ल्याइको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij