२०८३ साउन १४ बिहिबार

मञ्जुश्री फाईनान्सको संस्थापक शेयर भोलीदेखि विक्री हुने, प्रति शेयर न्यूनतम मूल्य तीन सय

ई आर्थिक    बुधबार, साउन १३ २०७८
6.9K
Shares
मञ्जुश्री फाईनान्सको संस्थापक शेयर भोलीदेखि विक्री हुने, प्रति शेयर न्यूनतम मूल्य तीन सय

ई–आर्थिक, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता शेयर भोली साउन १४ गतेदेखि बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ३०० रुपैयाँ मात्र तोकिएको छ ।

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले भाद्र ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij