२०८३ भाद्र ३० मंगलबार

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य रु. ७५१ मात्र

ई आर्थिक    शुक्रबार, जेष्ठ २८ २०७८
6.3K
Shares
स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य रु. ७५१ मात्र

ई–आर्थिक, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको १,९०,६५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ७ सय ५१ रुपैयाँ तोकिएको छ ।

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी गराउँदै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ जेठ २४ गते देखि मिति २०७८ असार २७ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij