२०८३ साउन ११ सोमबार

एन आई सी एशिया बैंकमा १ मिनेट १० सेकेन्डमै अनलाईन खाता खोल्ने विजेतालाई आईफोन-१२ तथा १८ जनालाई स्मार्टवाच

ई आर्थिक    मंगलबार, साउन ५ २०७८
6.3K
Shares
एन आई सी एशिया बैंकमा १ मिनेट १० सेकेन्डमै अनलाईन खाता खोल्ने विजेतालाई आईफोन-१२ तथा १८ जनालाई स्मार्टवाच

ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंकले आम जनमानसहरूलाई घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको अनलाइन एकाउण्ट ओपनिङ्ग च्यालेन्ज प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्नुहुने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न सफल भएका छन् ।

२०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागी महानुभावहरू मध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जित्नुभएको हो ।

उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाईन खाताको स्टेप १ देखि सवमिटेडसम्मको प्रक्रिया देखिने गरी स्क्रिनसट शेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोष्टको कमेन्टमा च्यालेन्ज एसेप्टेड लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रिनसट पोष्ट गर्ने, उक्त पिन्ड पोष्टलाई आफ्नो टाइमलाइनमा घरबाटै अनलाइन खाता तथा एन आई सी एशिया बैंक उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त पिन्ड पोष्टलाई लाइक गरेपश्चात् यस प्रतियोगितामा सहभागी हुनुभएको थियो ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्नुहुने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न सफल हुनुभएको छ । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की हुनुहुन्छ । साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जित्नुभएको बैंकले जानकारी दिएको छ ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढि महानुभावहरूले खाता खोल्नुभएकोमा १५८ जना महानुभावहरू मात्रै यस प्रतियोगितामा सहभागी जनाउनुभएको थियो । जसमा विजेता बन्नुभएका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्ड देखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर सफलपूर्वक अनलाईन खाता खोल्नुभएको थियो ।

यस प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

डिजिटल फष्ट बैंक बन्ने दीर्घकालीन लक्ष्य लिएको यस बैंकले आम जनमानसलाई डिजिटल बैंकिङ्गतर्फ डो¥याउनका निमित्त यस किसिमको प्रबद्र्धनात्मक प्रतियोगिता गरेको थियो ।
यस प्रतियोगितामा भएको उत्साहजनक सहभागीताबाट आम जनमानसमा यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया सहज र सरल रहेको स्थापित भएको छ भने ग्राहक महानुभावहरूलाई खाता खोल्न कै लागि शाखा कार्यालयसम्म धाउनुपर्ने अवस्थाबाट समेत छुटकारा मिलेको छ ।

साथै, २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन गरेको युट्युबर महानुभावहरू लक्षित ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ बारे ‘भिडियो च्यालेन्ज’ को नतिजा बैंकले निकट भविष्यमा सार्वजनिक गर्नेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

करिब २७ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी आर्थिक वर्ष २०७६÷७७ मा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij