२०८३ साउन १४ बिहिबार

साँसद महेश बस्नेतका कारण मनाङमा राहत बितरण कार्यक्रम अबरुद्ध, खेलकुद महासंघको आक्रोस, गृहमन्त्रालयका अधिकारी पनि चकित

ई आर्थिक    बिहिबार, असार १० २०७८
26.2K
Shares
साँसद महेश बस्नेतका कारण मनाङमा राहत बितरण कार्यक्रम अबरुद्ध, खेलकुद महासंघको आक्रोस, गृहमन्त्रालयका अधिकारी पनि चकित

ई–आर्थिक, काठमाडौं । पूर्बउद्योगमन्त्री तथा नेकपा एमालेका साँसद महेश बस्नेतको दबाबले आज बुधबार मनाङमा बितरण गर्न लागिएको राहत कार्यक्रम अबरुद्ध भएको छ । सत्तासिन नेकपा एमालेको भ्रात्तृसंगठन नेपाल खेलकुद महासंघले मनाङका बाढीपीडितहरुलाई राहत बितरण गर्ने कार्यक्रम बनाएको थियो ।

राहत बोकेर लैजान तयार पारिएको सेनाको हेलिकोप्टर नेता बस्नेतको दबाबले रोकिएपछि राहत बितरण कार्य प्रभाबित भएको खेलकुद महासंघका एक केन्द्रिय सदस्यले जानकारी दिए । उनले दिएको जानकारी अनुसार खेलकुद महासंघले मनाङ्का बाढी पीडित जनतालाई भनेर राहत संकलन गरेको थियो । अन्य यातायातको सुबिधा नभएकाले हेलिकोप्टरमार्फत राहत लैजाने महासंघले तयारी गरेको थियो । यसका लागि महासंघले गृहमन्त्री खगराज अधिकारीलाई केही दिनअघि लिखित आग्रह गरेको थियो । गृहमन्त्री अधिकारीको सहयोगमा महासंघलाई सेनाको हेलिकोप्टर ब्यबस्था भएको थियो ।

यस सम्बन्धमा मंगलबार गृहमन्त्रालय र महासंघबिच सम्झौता भएर त्यसको एक/एक प्रति आदान–प्रदान पनि भएको थियो । यस सम्झौता अनुसार आज बुधबार ११ बजे राहत सामग्री लिएर सेनाको हेलिकोप्टर मनाङ जाने कार्यक्रम तय भयो । सम्झौता भएपछि खेलकुद महासंघले मनाङ जिल्लास्थित आफ्ना कार्यकर्तालाई यससम्बन्धमा जानकारी गरायो । खेलकुद महासंघ र युवा संघले यसको प्रचारै ग¥यो । यो कृुराको जानकारी साँसद बस्नेतले पनि पाए । गृहको सहजीकरणमा महासंघको राहत सामग्री बोकेर सेनाको होलिकोप्टर मनाङ जाने चाल पाएपछि साँसद बस्नेतले तत्कालै गृहसचिब महेश्वर न्यौपानेसँग सम्पर्क गरे । सचिब न्यौपाने भक्तपुरकै भएकाले साँसद बस्नेतसँग नजिक सम्बन्ध छ ।

सचिब न्यौपानेले खेलकुद महासंघले मनाङमा राहत सामग्री बितरणको कार्यक्रम बनाएको र मन्त्रालयले आवश्यक सहयोग गरेको जानकारी दिए । त्यसपछि साँसद बस्नेतले महासँघलाई कुनै पनि हालतमा उक्त हेलिकोप्टर नदिन दबाब दिए । यसले सचिब न्यौपाने बिखलबन्दमा परे । ‘खेलकुद महासंघलाई भरसक हेलिकोप्टरै नदिनु, दिए पनि केही दिनपछि मात्र दिनु भनेर सचिबलाई दबाब भएछ ।’ महासंघका एक नेता भन्छन ‘दबाब थेग्न नसकेर सचिबले हामीलाई बुधबार दिने भनेको हेलिकोप्टर दिएनन् । बिहीबार दिने भनेका छन्, हेरौ के हुन्छ ।’

उनको भनाई अनुसार खेलकुद महासंघप्रति साँसद बस्नेत रुष्ट छन् । ‘एक महिनाअघि मात्र पार्टीले उहाँ (बस्नेत) लाई खेलकुद महासंघको ईन्चार्ज बनाएको थियो । महासंघका पदाधिकारीहरुले अध्यक्ष केपी ओली र महासचिब ईश्वर पोखरेलसमक्ष खेलकुद क्षेत्र नबुझेको ब्यक्ति (बस्नेत) लाई ईन्चार्ज स्वीकार नगर्ने दबाब दियो । त्यसपछि उहाँलाई ईन्चार्जबाट पार्टीले हटाएको थियो ।’ उनले भने ‘यसले महेशजी महासंघप्रति निकै नै रुष्ट हुनुहुन्छ । यही कारण महासंघको कार्यक्रममा अबरोध गरिदिनुभयो ।’

राहत कार्यक्रम बिथोलिदिएपछि खेलकुद महासंघ नेता बस्नेतप्रति आक्रोसित बनेको छ । यस सम्बन्धमा महासंघले अध्यक्ष ओली र पार्टीका शीर्षस्थ नेताहरुलाई जानकारी गराएको स्रोत बताउँछ । ‘महेशजीको यस कार्यलाई हामीले गम्भीररुपमा लिएका छौं भनेर पार्टी नेत्तृत्वले भनेको छ ।’ स्रोतले भन्यो ‘यसले ब्यक्तिगत रुपमा उसैलाई नोक्सान गरेको नेताहरुले हामीलाई भन्नुभएको छ ।’ बाढी पीडित जनताको दुःख, पीडामा थोरै भए पनि मल्हम लगाउने प्रयासमा नेता बस्नेतले गरेको यस्तो अबरोध अक्षम्य अपराध भएको भन्दै महासंघले बिज्ञप्ती नै निकाल्ने तयारी गरेको स्रोत बताउँछ । तर पार्टीका नेताहरुले ‘अहिले त्यसो नगर्नू ।

पार्टी अप्ठ्यारो स्थितिमा छ । जोरीपारी हाँस्छन् । महेशको कुरालाई हामीले नोटिस गरेका छौं ।’ भनेपछि महासँघ पछि हटेको थियो ।

मन्त्री भइसकेको ब्यक्तिले राहत बितरण कार्यमा पु¥याएको अबरोधबाट गृह मन्त्रालयका अधिकारीहरु पनि चकित परेका छन् । मनाङजस्तो दुर्गम हिमाली जिल्लामा बाढी पहिरो पीडित जनतालाई राहत दिने कार्यमा सकेसम्म सहजीकरण गरिदिनुपर्नेमा त्यस्तो असहयोग हुनु निकै दुःखदायी भएको मन्त्रालयका कर्मचारीहरुको भनाई छ । ‘उहाँहरुको राजनीतिक प्रतिश्पर्धा वा ईगो होला । तर राहत बितरण कार्यलाई असहयोग कुनै दुष्टिले सही होइन ।’ एक अधिकारीले भने ।

असार लाग्दै परेको अबिरल वर्षाले गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा बाढीपहिरोले ठूलो क्षति गरेको छ । मर्स्याङ्दी नदीले नासों गाउँपालिका–१ तालगाउँ डुबाउनुका साथै यहाँका ४८ घर विस्थापित बनाएको छ । सदरमुकाम चामेमा एक दर्जन घर बगाएको छ भने ६० घरका ३ सय जना बिस्थापित छन् । सदरमुकाम पारी पनि यस्तै क्षति गरेको छ । दुर्गम क्षेत्र भएको र हेलिकोप्टरबाहेक यातायातको साधन नभएकाले त्यहाँका बिस्थापित जनता ठूलो समस्यामा परेका छन् । यस्तो समाचार दिनहँु आइरहेकाले खेलकुद महासंघले त्यहाँ राहत बितरण गर्ने कार्यक्रम बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij