२०८३ साउन १० आइतबार

दाउन्ने बस दुर्घटनाका घाइतेमध्येका तीनको मृत्यु, घाइते ३१ मध्ये २८ जना चिन्तामुक्त

ई आर्थिक    आइतबार, बैशाख ५ २०७८
4.6K
Shares
दाउन्ने बस दुर्घटनाका घाइतेमध्येका तीनको मृत्यु, घाइते ३१ मध्ये २८ जना चिन्तामुक्त

ई–आर्थिक, नवलपरासी : पूर्वी नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनाका घाइतेमध्ये ३ जनाको मृत्यु भएको छ । शनिवार भएको बस दुर्घटनाका उक्त घाईतेको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलाम घर भएकी अन्दाजी २५ वर्षकी धनु दर्लामी, मकवानपुरका बकैया–५ घर भई हाल विनयी त्रिवेणी–२ दाउन्ने स्थित गुम्बामा बस्ने अन्दाजी ५७ वर्षकी ज्यामो हिसे छमो ग्याल्मो र भरतपुर महानगरपालिका–२५ बस्ने वर्ष ७२ का हिमलाल न्यौपाने रहेका छन् ।

३१ जना घाइतेमध्ये दुई जनाको चितवनस्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारका क्रममा निधन भएको हो । अन्य २८ जनाको अवस्था चिन्तामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा पश्विमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ७००० नम्बरको बस अनियन्त्रित भई भिरबाट खसेर दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij