बडवाइजर विश्वका १५० बढी मुलुमा ठूलो सफलता हासिल गरेको अमेरिकी शैलीको लागर बियर हो
ई–आर्थिक, काठमाडौं । ग्लोबल ब्राण्ड बड्वाइजरको स्वाद अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । जावालाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राज बु्रअरीले उक्त ब्राण्डलाई नेपालमा पनि बिक्री शुरूवात गर्ने घोषणा गरेको हो । यो बियर नेपाली बजारमा भित्र्याउन जावालाखेल ग्रुप अफ इण्डष्ट्रिज नेपालको सबैभन्दा पुरानो, प्रतिष्ठित र स्थापित मदिरा उत्पादक कम्पनीमा पर्दछ । यो ग्रुपअन्तर्गत नेपालमा थुप्रै लोकप्रिय ब्राण्डका मदिराको सफल उत्पादन तथा विक्री वितरण हुँदै आएको छ ।
संसारका १५० भन्दा बढी देशहरूमा ठूलो सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको स्वाद अब नेपाली उपभोक्ताहरूले समेत मज्जा लिन पाउने भएका हुन् । बड्वाइजरको लन्चसंगै एबि इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्नका लागि उपभोक्ता प्राथमिकताहरू विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको जनाएको छ ।
एबि इन्बेभले जावालाखेल गु्रप अफ इण्डष्ट्रिज अन्तर्गतको राज बु्रअरीसँग एक विशेष साझेदारीमार्फत फोस्टर्स बियर प्रवेश गराउँदै आफ्नो आगमन जनाइसकेको छ ।

बड्वाइजरको नेपालमा सुरुवातको क्रममा, कार्तिकेय शर्मा, एबि इन्बेभ– भारत र दक्षिण पूर्व एशियाका अध्यक्षले भने, ‘हामी नेपालमा हाम्रा उपभोक्ताहरूका लागि बड्वाइजर सबैभन्दा लोकप्रिय ग्लोबल बियर ब्राण्ड हो भनेर परिचय गराउन पाउँदा खुसी छौं । बढ्दो युवा जनसङ्ख्या र बियर रुचाउने जमातका कारण नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण बजार रहेको छ । नेपालको प्रतिष्ठित ब्रुअरी, राज ब्रुअरीसंगको हाम्रो सहकार्यले नेपालमा हाम्रो प्रतिवद्धता जाहेर गर्दछ ।’
बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमा भएको थियो । आजपनि बड्वाइजर १४० वर्ष को ब्रुइङ्ग प्रकृयाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको छ । उत्तम सन्तुलन र स्वादको लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ ।
‘राज बु्रअरीलाई विश्वव्यापी बियर जाएन्ट एबि इन्बेभले छनौट गरि विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु हाम्रो लागि एकदमै सम्मानको कुरा हो ।’ जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने, ‘यो सम्भव हुनुको मुख्य कारण राज बु्रअरी दक्षिण एसियाको सर्वोत्कृष्ट मध्यको एक बु्रअरी रहेर पनि हो ।’
‘हामी विश्वको सबैभन्दा प्रतिष्ठित ब्रान्ड बड्वाइजर नेपालमा भित्राएर नेपाली युवाको यस बियरको चाहना पूर्ति गर्न एबि इन्वेभसंग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ ।’ सोही ग्रुपका कार्यकारी निर्देशक सशीन जोशीले भने, ‘जावलाखेल गु्रप अफ इण्डष्ट्रिज नेपाली उपभोक्ताहरुलाई उत्कृष्ट र सर्वश्रेष्ठ गुणस्तरका उत्पादनहरुको अनुभव प्रदान गर्न सधैँ प्रतिवद्ध रहेको छ ।’